चितवन । चितवनमा भएका दुर्घटनामध्ये भित्री सडकमा दुर्घटना भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा भित्री सडकमा मात्रै १०७ दुर्घटना भएका छन् ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका अनुसार गत साउनदेखि भएका एक सय ८७ दुर्घटनामध्ये सो सङ्ख्यामा भित्री सडकमा दुर्घटना भएका हुन । दुर्घटनामा संलग्न सवारी साधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । हालसम्म दुई सय ८८ सवारी साधन दुर्घटनामा परेकोमा एक सय ६३ मोटरसाइकल रहेको शर्माले जानकारी दिए ।
उनका अनुसार जिल्लाका भित्री सडकमा यसवर्ष भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने एक सय ७१ घाइते भएका छन् । आर्थिक वर्ष २०७८/८९ देखिको तथ्याङ्क हेर्दासमेत भित्री सडक निकै जोखिमपूर्ण हुने गरेको छ । सो समयदेखि हालसम्म भएका एक हजार चार सय ६४ दुर्घटना भएका छन् । जसमा भित्री सडकमा ५० प्रतिशत दुर्घटना भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
भित्री सडकमा सात सय ४० वटा सवारी दुर्घटना भएको र ती दुर्घटनामा परि एक सय ६५ जनाको ज्यान गएको छ । यस्तै एक हजार एकसय २९ जना घाइते भएका छन् । शर्माका अनुसार चालु आर्थिक वर्षमा पूर्व–पश्चिम राजमार्गमा ३५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।
यस्तै नारायणगढ–मुग्लिन सडक खण्डमा भएका २७ वटा दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने एक सय १८ जना घाइते भएका छन् । सहरी सडक खण्डमा भएका १३ वटा दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
यस्तै पृथ्वी राजमार्गमा भएका पाँच वटा दुर्घटनामा नौ जना घाइते भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । प्रमुख शर्माका अनुसार भित्री सडकमा बिहानी हिँडाइ र रात्रिकालीन हिँडाइका क्रममा र मोटरसाइकल तीव्र गतिमा आउने हुँदा दुर्घटना बढी हुने गरेको हो । सडक फराकिलो हुनु, तीव्र गतिमा सवारी चलाउनु, सवारीको चाप बढ्नु लगायतका कारण दुर्घटना बढी भएको उनले बताए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम तीव्र पारिएको शर्माले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २३ गते, २०८१ - २०:१६
काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेशका विभिन्न स्थानमा हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार बन्नेको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको ...
कार्तिक २३ गते, २०८१ - २०:१०
काठमाडौं । नेपालका उपभोक्तालाई विद्युतीय सेवा उपलब्ध गराएवापत एप्पल, गुगल, माइक्रोसफ्ट, मेटा, टिकटक, नेटफ्लिक्सलगायत विदेशी कम्पनीले विद्युतीय सेवा कर...
कार्तिक २३ गते, २०८१ - २०:०३
बागलुङ । बागलुङको बडिगाडमा श्रीमान्श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी श्रीमती १९ वर्षी...
कार्तिक २३ गते, २०८१ - १९:५९
उदयपुर । आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको छ । जिल्लाको त्रियुगा ...
कार्तिक २३ गते, २०८१ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनित गरेका छन् । शुक्रबार सभापति द...
कार्तिक २३ गते, २०८१ - १९:४२
काभ्रेपलाञ्चोक । असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टो...
कार्तिक २३ गते, २०८१ - १९:३३
भक्तपुर । पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्न लागेको शुक्रबार आयोजित पत्र...
कार्तिक २३ गते, २०८१ - १९:२८
काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्...
कार्तिक २३ गते, २०८१ - १८:४७
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरि...
कार्तिक २३ गते, २०८१ - १८:४२
गुल्मी । गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, ...
प्रतिकृया लेख्नुहोस्: