हुम्ला । जिल्ला अदालत हुम्लामा सम्बन्धविच्छेदका मुद्दा वर्षेनि बढ्दै गएका छन्। कम उमेरमा विवाह हुने परम्परा, दाम्पत्य जीवनमा बढ्दो असमझदारी र सामाजिक सञ्जालको प्रभावका कारण वैवाहिक सम्बन्ध टुट्ने घटनामा वृद्धि देखिएको अदालतले जनाएको छ।
जिल्ला अदालत हुम्लाका श्रेस्तेदार श्रीदिप वाग्लेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदका २४ वटा नयाँ मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षबाट सरेका दुई मुद्दासहित अदालतमा कुल २६ वटा मुद्दा रहेकामा १९ वटा टुंगो लागिसकेका छन् भने सात वटा मुद्दा अझै विचाराधीन छन्।
टुंगो लागेका मुद्दामध्ये १२ वटा मेलमिलाप मार्फत समाधान गरिएका छन् भने सात वटाको अदालतले फैसला गरेको छ।
दर्ता भएका मुद्दामध्ये १७ वटा महिलाले र सात वटा पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए। अदालतको पहलमा मेलमिलाप भएका जोडीहरू आपसी सहमतिमा छुट्टाछुट्टै बस्ने सहमतिमा पुगेका छन्।
अदालतका अनुसार केही वर्षअघिसम्म हुम्लामा सम्बन्धविच्छेदका मुद्दा विरलै दर्ता हुने गरेका थिए। तर पछिल्ला वर्षहरूमा यसको संख्या निरन्तर बढिरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा पनि २३ वटा मुद्दा दर्ता भएकामा २१ वटा फर्स्योट भएका थिए।
श्रेष्तेदार वाग्लेका अनुसार अदालतमा आएका बयान र मेलमिलापका क्रममा देखिएको तथ्यले १३–१४ वर्षकै उमेरमा हुने बालविवाह पछि दाम्पत्य जीवनमा असमझदारी बढ्दै जाने र अन्ततः सम्बन्धविच्छेदसम्म पुग्ने अवस्था देखिएको छ। त्यससँगै सामाजिक सञ्जालको बढ्दो प्रयोग पनि वैवाहिक सम्बन्ध विग्रिनुको अर्को कारणका रूपमा देखिएको उनले बताए।
सर्केगार्ड गाउँपालिकाकी जयदेवी शाहीले पनि निरन्तर तनावपूर्ण वैवाहिक जीवनभन्दा अलग बस्नु नै उपयुक्त ठानेर सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाएको बताइन्। उनका अनुसार अदालतको मेलमिलाप प्रक्रियापछि दुवै पक्ष आपसी सहमतिमा अलग भएका हुन्।
हुम्लामा सम्बन्धविच्छेदका घटनामा आएको यो वृद्धि केवल पारिवारिक समस्या मात्र नभई बालविवाह, सामाजिक परिवर्तन र आधुनिक सञ्चार माध्यमको प्रभाव जस्ता सामाजिक चुनौतीसँग पनि जोडिएको देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - ०९:१८
काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...
श्रावण ५ गते, २०८३ - ०९:१३
विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...
श्रावण ५ गते, २०८३ - ०९:११
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...
श्रावण ५ गते, २०८३ - ०९:०९
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...
श्रावण ५ गते, २०८३ - ०९:०६
काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...
श्रावण ५ गते, २०८३ - ०९:०२
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...
श्रावण ५ गते, २०८३ - ०९:०१
धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...
श्रावण ५ गते, २०८३ - ०८:५४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...
श्रावण ५ गते, २०८३ - ०८:५२
विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...
श्रावण ५ गते, २०८३ - ०८:४८
काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...



प्रतिकृया लेख्नुहोस्: