काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेशका विभिन्न स्थानमा हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार बन्नेको नाम टुंगो लगाएको छ ।
शुक्रबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले कीर्तिपुर नगरपालिकाको मेयर र २ वटा वडाध्यक्षसहित काठमाडौं महानगरपालिका वडा नम्बर १६, दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्ष, हेटौडा उपमहानगरपालिका वडा नम्बर १२, नुवाकोटको ककनी वडा नम्बर २ का लागि उम्मेदवार बन्नेको नाम टुंगो लगाएको हो ।
एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने भएको छ भने कीर्तिपुर नगरपालिकाकै वडा नम्बर १ र ४ मा क्रमशः हर्ष महर्जन र बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । वडाको हकमा सम्बन्धित जिल्लाले नै निर्णय गरेका हुन् ।
त्यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा लक्ष्मीरत्न तुलाधर, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर, हेटौंडा उपमहानगरपालिका—१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय प्रदेश कमिटीले गरेको हो ।
त्यस्तै नुवाकोटको ककनी–२ मा यमबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय एमाले जिल्ला कमिटीले गरेको छ भने काठमाडौं महानगरको वडा अध्यक्षबारे पनि सम्बन्धित जिल्ला कमिटीले नै निर्णय गरेको एमाले नेता आनन्द पोखरेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: