बाँके । बाँके जिल्लामा गत साढे तीन महिनाको अवधिमा ६३ वटा सर्पको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८१/०८२ को साढे तीन महिनामा ६३ वटा सर्पको उद्धार गरेको जनाएको छ ।
सर्पदंशबाट मानिसलाई बचाउन र सर्पलाई पनि मानिसबाट हानी नहोस् भन्ने उद्देश्यले वन कार्यालयले सर्पको उद्धार गर्दै आएको कार्यालयका वरिष्ठ वन अधिकृत बाबुराम पोखरेलले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका सर्पमा संरक्षित वन्यजन्तु वर्गमा राखिएको अजिंगर सात वटा र दुर्लभ मानिने दुईमुखे एउटासहित नौ प्रजातिका सर्प रहेका छन् ।
वन कार्यालयको कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी १४ वटा करेत सर्प समातिएका छन् भने ११/११ वटा रसेल्स भाइपर र फेटारा, १० वटा धामन सर्पको उद्धार गरिएको छ । यसैगरी, ६ वटा गोमन सर्प, दुईवटा क्राईट स्नेकको पनि उद्धार गरिएको छ ।
मानव बस्ती क्षेत्रमा भेटिएका सर्पलाई उद्धार गर्न आएको अनुरोध अनुसार बढी सर्पलाई उद्धार गरी वन तथा निकुञ्जमा सुरक्षित तवरले छोड्ने गरिएको वरिष्ठ वन अधिकृत पोखरेलले बताए ।
यसैगरी, वन कार्यालयले अन्य पाँच प्रजातिका जनावरको पनि उद्धार गरेको जानकारी दिएको छ । तीमध्ये दुई वटा रतुवा र एक–एक वटा गोही, सुनगोहोरो र चितुवाको पनि उद्धार गरिएको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १८:५३
सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको...
पौष ३ गते, २०८१ - १८:२४
मुगु । मुगुमा चिसोले कष्टकर दिन बिताइरहेका एक दलित बस्तीका सर्वसाधारण र दुई विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । काठमाडौं न...
पौष ३ गते, २०८१ - १८:१७
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...
पौष ३ गते, २०८१ - १८:०७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्...
पौष ३ गते, २०८१ - १७:५१
पाल्पा । गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्...
पौष ३ गते, २०८१ - १७:४६
काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरका...
पौष ३ गते, २०८१ - १७:४२
माेरङ । मोरङ पथरी–शनिश्चगर नगरपालिका– ९ स्थित गुम्बाटोलमा रहेको रामप्रसाद खरेलको घरमा अनलाइन सट्टेबाजी खेलाउने दुईजनालाई इप्रका पथरीले पक्राउ गरेको हो...
पौष ३ गते, २०८१ - १७:३९
काठमाडाैं । चार महिनाको अवधिमा ५१९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा इन्स्पेक्टरसहितका प्रहरी ...
पौष ३ गते, २०८१ - १७:३६
मकाउ । चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने भ्रमणका लागि बुधबार मकाउ आइपुगेका छन् । सी बुधब...
पौष ३ गते, २०८१ - १७:३१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग अनुराेध गरेका छन् । बालबालिकाको उपचा...
प्रतिकृया लेख्नुहोस्: