Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

इराकका प्रधानमन्त्रीद्वारा ट्रम्पलाई मध्यपूर्वको युद्ध अन्त्यका लागि काम गर्न आग्रह

खबरडबली संवाददाता

बागदाद। इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गर्दै मध्यपूर्वमा “युद्ध अन्त्यका लागि काम गर्ने आग्रह गरेको छन्। गाजा र लेबनानमा इजरायलको युद्धको बिचमा, सुदानीलाई इरान समर्थित राजनीतिक गुटहरूको बहुमतले प्रधानमन्त्री नियुक्त गरेको थियो ।

फोन वार्तामा इराकी प्रधानमन्त्री –सुदानीले ट्रम्पको अभियानको बयान गर्दै मध्यपूर्वमा युद्ध अन्त्य गर्ने बारे छलफल भएको प्रधानमन्त्री सुदानीको कार्यालयबाट शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार दुवै पक्ष उक्त लक्ष्य हासिल गर्नका लागि समन्वय गर्न सहमत भएका छन् ।

इस्लामिक स्टेट समूहसँग लड्न सहयोग गर्न गठन गरिएको अमेरिकी नेतृत्वको गठबन्धनको हिस्साका रूपमा इराकमा करिब दुई हजार ५०० अमेरिकी सेना तैनाथ गरेको गरेको जनाइएको छ ।

बगदादले वर्षौँदेखि वासिङ्टनलाई आफ्ना बाँकी गठबन्धन सेनाहरू फिर्ता लिनको लागि स्पष्ट समय सीमा प्रदान गर्न आह्वान गर्दै आएको छ ।

अमेरिका र इराकले सेप्टेम्बरको अन्त्यमा अन्तर्राष्ट्रिय गठबन्धनले एक वर्ष भित्र इराकमा एक दशक लामो सैन्य मिसन समाप्त गर्ने घोषणा गरेका छन् । यद्देपी संयुक्त विज्ञप्ति र अमेरिकी अधिकारीहरूले कुनै पनि अमेरिकी सेना इराकमा रहने तथा रहेको उल्लेख गरेका छैनन् ।

सन् २०२० जनवरीमा भएको अमेरिकी ड्रोन हमलामा कुद्स फोर्सका प्रमुख र विदेशमा इराकको सैन्य कारबाहीका वास्तुकार इरानी जनरल कासिम सुलेमानीको मृत्यु भए पछि ट्रम्पको पहिलो कार्यकालमा दुई देशबिचको सम्बन्ध बिग्रिएको थियो । मुहान्दिसको हत्याको अनुसन्धान पछि इराकी न्यायपालिकाले सन् २०२१ जनवरीमा ट्रम्पको गिरफ्तारीका लागि पक्राउ पुर्जीसमेत जारी गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending