Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

पाकिस्तानको मुल्तानमा प्रदूषणले सबै रेकर्ड तोड्यो, एक्युआइ २ हजार माथि

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानको मुल्तानमा प्रदूषणको स्तर अर्थात एयर क्वालिटी इन्डेक्स (एक्युआइ) २ हजार नाघेको छ । योसँगै लाहोरको हावाको गुणस्तर इन्डेक्स पनि एक हजारभन्दा माथि पुगेको छ ।

पछिल्लो एक सातादेखि लाहोरका १ करोड ३० लाख जनता प्रदूषणको मारमा छन् । यो महिना लाहोरको हावाको गुणस्तर धेरै पटक १००० बिन्दुभन्दा माथि पुगेको छ। जबकि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार ३०० भन्दा माथिको एक्युआइ स्वास्थ्यका लागि खतरनाक मानिन्छ।

प्रदूषणबाट जोगाउन पाकिस्तानको पञ्जाब प्रान्तको सरकारले पार्क, म्युजियम र अन्य सार्वजनिक स्थल नोभेम्बर १७ सम्म बन्द गरेको छ ।

पाकिस्तानी अखबार डनको रिपोर्ट अनुसार पाकिस्तानको पञ्जाब प्रान्तको मुल्तान सहरमा पीएम (पार्टिक्युलेट म्याटर) २.५ कणको स्तर ९४७ पुगेको छ । जुन डब्ल्यूएचओको निर्देशनभन्दा १८९.४ गुणा बढी हो ।

प्रदूषणबाट बच्न पाकिस्तान सरकारले पञ्जाब प्रान्तका १८ जिल्लाका सार्वजनिक र निजी विद्यालय बन्द गरेको छ ।

लाहोर, ननकाना साहिब, गुजरनवाला, सियालकोट, फैसलाबाद, चिनियोट र झाङ सहरहरूमा पार्क, चिडियाखाना, संग्रहालय र अन्य सार्वजनिक स्थानहरूमा मानिसहरूलाई जान प्रतिबन्ध लगाइएको छ।

यसैबीच, पाकिस्तानको पञ्जाबका मुख्यमन्त्री मरियम नवाजले यस हप्ता भारतको पञ्जाबका मुख्यमन्त्रीलाई पत्र पठाउने घोषणा गरेकी छन्। जसमा उनले उनीहरूलाई “जलवायु कूटनीति” मा सहभागी हुन आग्रह गर्नेछिन्।

यस विषयमा पाकिस्तानबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको भारतले जनाएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending