लेखनाथ। बागलुङको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई आइतबार बिहान पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नेपालीलाई सहकारी ठगीबारे अनुसन्धान गर्न पोखरा ल्याइएको हो ।
पोखरा र बागलुङमा एकै नाममा दुई सहकारी सञ्चालन गरेका नेपाली बागलुङको सहकारी ठगी अभियोगमा जिल्ला कारागार कास्कीका पुर्पक्षका लागि थुनामा छन्। भारतको नयाँ दिल्लीबाट असोज १२ गते पक्राउ परेका नेपालीलाई जिल्ला अदालत बागलुङले असोज १५ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
देवकुमार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका पूर्व अध्यक्षसमेत छन्। नेपालीलाई सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि पोखरा ल्याइएको कास्की प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।
सूर्यदर्शनको नेतृत्व गर्न नपाएपछि इमेज सहकारी खोल्नुअघि नै रकम हिनामिना गरेको अभियोगमा कास्कीमा पनि उनीविरुद्ध मुद्दा विचाराधीन छ । पोखराको इमेज सहकारीमा ६४ करोड ८८ लाख ६० हजार चारसय ८० रुपियाँ ठगीमा जिल्ला अदालत कास्की १५ जनाविरुद्ध दायर भएको मुद्दा अहिले विचाराधीन छ । इमेज सहकारी बागलुङमा करिब डेढ अर्ब अपचलन भएको छ ।
इमेज बचत तथा ऋण सहकारी बागलुङका संस्थापक अध्यक्षसमेत रहेका नेपालीविरुद्ध २०८० जेठ २४ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार नेपालविरुद्ध गएको माघमा रेडकर्नर नोटिस जारी भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...
आषाढ़ १० गते, २०८३ - १५:१७
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...



प्रतिकृया लेख्नुहोस्: