Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

एमाले नेता अधिकारीको जापान काण्ड- भेटिए तस्करसँग फोन संवाददेखि फोटो आदान–प्रदानसम्मका तथ्य

खबरडबली संवाददाता

काठमाडौं । पक्राउ परेका अभियुक्तको बयान र प्राविधिक विश्लेषणमा कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा संलग्न रहेका पर्याप्त आधार भेटिएका छन् । 

अनुसन्धानका क्रममा प्रहरीले तस्करीमा संलग्न समूह र अधिकारीबिच भएका टेलिफोन संवाददेखि जापान लैजान लागिएका युवाहरूको फोटो र एसएमएस आदान–प्रदानसम्मका तथ्य फेला पारेको छ । त्यसकै आधारमा उनलाई आइतबार पक्राउ गरिएको छ । प्रहरीले उनीमाथि मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा अनुसन्धान गर्ने भएको छ । 

अधिकारीविरुद्ध जिल्ला अदालत काठमाडौंले विस्तृत अनुसन्धानका लागि भन्दै दुई दिनको म्याद थप गरेको गरेको छ । आइतबार पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले अधिकारीलाई विराटनगरस्थित निवासबाट पक्राउ गरेको थियो । जहाजबाट काठमाडौं ल्याइएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ । 

घटनाको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले अभियुक्तको बयानमा मन्त्री अधिकारीको नाम आएपछि पक्राउ गरिएको बताए । 

‘विमानस्थलस्थित अध्यागमन कार्यालयबाट काठमाडौं अपराध अनुसन्धान कार्यालय हुँदै जापानबाट ‘डिपोर्ट’ भएका केही व्यक्तिविरुद्ध अनुसन्धान गर्न भनियो । यस क्रममा थप केही अभियुक्त पक्राउ परे । उनीहरूले बयानका क्रममा मन्त्री अधिकारीको नाम पनि लिए । र, सोही आधारमा हामीले उहाँलाई पक्राउ गरेका हौँ,’ उनले भने । 

पक्राउ परेका अभियुक्तले मानव तस्करी प्रकरणमा मन्त्रीको नाम लिएको र प्राविधिक विश्लेषणमा पनि उनको संलग्नता देखिएको प्रहरी अधिकारी बताउँछन् । यस क्रममा महेश पाण्डे र मन्त्री अधिकारीबिच जापान हिँडेका तीन युवाको फोटोसमेत आदान–प्रदान भएको भेटिएको प्रहरीको भनाइ छ । बलियो प्रमाण भेटिएपछि मात्रै मन्त्री अधिकारीसहित महेश र घटनामा संलग्न अन्यविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 

‘पक्राउ परेका अभियुक्तको बयान मात्र नभई मन्त्री अधिकारीविरुद्ध अनुसन्धान गरिनुपर्ने अरू पनि आधार फेला परेका छन् । यसक्रममा विभिन्न व्यक्तिसँग सोधपुछ भएका छन् । प्राविधिक अनुसन्धान गरिएका छन् । उहाँविरुद्ध घटनामा अनुसन्धान नै गर्नुपर्ने देखियो । त्यसो हुँदा अदालतबाट अनुमति मागी पक्राउ गरिएको हो,’ परिसर प्रमुख एसएसपी रजौरेले भने । 

प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार र किर्ते कसुरअन्तर्गत निवर्तमान मन्त्री अधिकारीसहित धादिङ त्रिपुरासुन्दरी गापा– ६ का महेश पाण्डे, नुवाकोटको विदुर नपा– ७ का जुगल रिजाल र दोलखाको जिरी नपा– ९ का वीरबहादुर सुनुवारविरुद्ध म्याद थप भएको छ । 

खोटाङ ऐँसेलुखर्क गापा– २ का दावा शेर्पा, खोटाङकै केपिलासगढी गापा– ४ का जनक राई र रसुवा कालिका गापा– ५ का कञ्चन देवकोटाविरुद्ध भने लिख किर्ते कसुरअन्तर्गत मात्रै म्याद थप भएको छ । पक्राउ परेका महेशले प्रहरीसँगको बयानमा सबै विवरण खुलाएपछि अधिकारीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले निवर्तमान मन्त्री अधिकारीसहित पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरअन्तर्गत म्याद भएको बताए । 

‘जापानबाट ‘डिपोर्ट’ भएर आएका र पछि पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा अदालतबाट दुई दिनको म्याद थप भएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ, नयाँ तथ्य खुल्दै जालान्,’ उनले भने । 

गत १३ कात्तिकमा जापानको राजधानी टोकियोस्थित टोकियो महानगरपालिकामा आयोजना हुने भनिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन भन्दै मन्त्री अधिकारीसँगै दावा, जनक र कञ्चन जापान हिँडेका थिए । तर, उनीहरूलाई टोकियोस्थित टोकियो अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरेपछि उनीहरू गत १७ कात्तिकमा नेपाल फर्किएका थिए । यसका लागि उनीहरूले महेशलाई जनही १० लाखदेखि १३ लाख रुपैयाँका दरले रकम बुझाएका थिए । 

मन्त्रीसहितको टोलीलाई भिसा लगाउने, कार्यक्रमका लागि निमन्त्रणा पठाउने र किर्ते कागजात खडा गर्नेलगायतका सबै धन्दामा महेशसँगै जुगल र वीरबहादुरले मुख्य भूमिका खेलेका थिए । यसका लागि उनीहरूले मन्त्री अधिकारीसँग समेत पटक–पटक परामर्श लिएको अनुसन्धानमा पाइएको छ । 

विशेषगरी जनक र कञ्चनको नक्कली परिचयपत्र बनाइदिने क्रममा महेशले मन्त्री अधिकारीसँग पटक–पटक परामर्श लिएका थिए । अधिकारीकै स्वीकृतिपछि महेशले ‘कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय’को सहायक पदमा कार्यरत कर्मचारीको परिचयपत्र बनाइदिएका थिए । 

प्रहरीका अनुसार जापानमा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर–२०२४’ नामको कार्यक्रम सात दिनसम्म चल्ने र सोही कार्यक्रमको अतिथिका रूपमा निमन्त्रणा आउने जानकारीसमेत महेशले मन्त्री अधिकारीलाई भनेका थिए । कार्यक्रममा सहभागी हुन जनक र कञ्चनसँगै दावा पनि जाने र हङकङ पुगेपछि मात्रै उनीहरूले भेट्ने जानकारी पनि महेशले मन्त्री अधिकारीलाई भनेका थिए । यसका लागि प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँका दरले रकम लिएकोसमेत महेशले मन्त्री अधिकारीलाई सुझाएको अनुसन्धानमा पाइएको छ । 

प्रहरीका अनुसार मन्त्री अधिकारीसहित जापान हिँडेका चारजनालाई १५ दिनको भिजिट भिसा लगाइएको थियो । तर, कार्यक्रमको अवधि भने सात दिन मात्रै थियो । जापान पुगेपछि मन्त्री अधिकारी फिर्ता हुने, तर दावा, कञ्चन र जनक भने लुक्ने योजना थियो । सोही प्रयोजनका लागि उनीहरूले महेशलाई जनही १० देखि १३ लाख रुपैयाँ बुझाएका थिए । यसबापत मन्त्री अधिकारीको एयर–फेयर टिकट, होटेल र सपिङ खर्च महेशले नै व्यहोर्ने योजना थियो । यो समाचार आजको नयाँपत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending