Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

एमाले नेता अधिकारीको जापान काण्ड- भेटिए तस्करसँग फोन संवाददेखि फोटो आदान–प्रदानसम्मका तथ्य

खबरडबली संवाददाता

काठमाडौं । पक्राउ परेका अभियुक्तको बयान र प्राविधिक विश्लेषणमा कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा संलग्न रहेका पर्याप्त आधार भेटिएका छन् । 

अनुसन्धानका क्रममा प्रहरीले तस्करीमा संलग्न समूह र अधिकारीबिच भएका टेलिफोन संवाददेखि जापान लैजान लागिएका युवाहरूको फोटो र एसएमएस आदान–प्रदानसम्मका तथ्य फेला पारेको छ । त्यसकै आधारमा उनलाई आइतबार पक्राउ गरिएको छ । प्रहरीले उनीमाथि मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा अनुसन्धान गर्ने भएको छ । 

अधिकारीविरुद्ध जिल्ला अदालत काठमाडौंले विस्तृत अनुसन्धानका लागि भन्दै दुई दिनको म्याद थप गरेको गरेको छ । आइतबार पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले अधिकारीलाई विराटनगरस्थित निवासबाट पक्राउ गरेको थियो । जहाजबाट काठमाडौं ल्याइएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ । 

घटनाको सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले अभियुक्तको बयानमा मन्त्री अधिकारीको नाम आएपछि पक्राउ गरिएको बताए । 

‘विमानस्थलस्थित अध्यागमन कार्यालयबाट काठमाडौं अपराध अनुसन्धान कार्यालय हुँदै जापानबाट ‘डिपोर्ट’ भएका केही व्यक्तिविरुद्ध अनुसन्धान गर्न भनियो । यस क्रममा थप केही अभियुक्त पक्राउ परे । उनीहरूले बयानका क्रममा मन्त्री अधिकारीको नाम पनि लिए । र, सोही आधारमा हामीले उहाँलाई पक्राउ गरेका हौँ,’ उनले भने । 

पक्राउ परेका अभियुक्तले मानव तस्करी प्रकरणमा मन्त्रीको नाम लिएको र प्राविधिक विश्लेषणमा पनि उनको संलग्नता देखिएको प्रहरी अधिकारी बताउँछन् । यस क्रममा महेश पाण्डे र मन्त्री अधिकारीबिच जापान हिँडेका तीन युवाको फोटोसमेत आदान–प्रदान भएको भेटिएको प्रहरीको भनाइ छ । बलियो प्रमाण भेटिएपछि मात्रै मन्त्री अधिकारीसहित महेश र घटनामा संलग्न अन्यविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 

‘पक्राउ परेका अभियुक्तको बयान मात्र नभई मन्त्री अधिकारीविरुद्ध अनुसन्धान गरिनुपर्ने अरू पनि आधार फेला परेका छन् । यसक्रममा विभिन्न व्यक्तिसँग सोधपुछ भएका छन् । प्राविधिक अनुसन्धान गरिएका छन् । उहाँविरुद्ध घटनामा अनुसन्धान नै गर्नुपर्ने देखियो । त्यसो हुँदा अदालतबाट अनुमति मागी पक्राउ गरिएको हो,’ परिसर प्रमुख एसएसपी रजौरेले भने । 

प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारपसार र किर्ते कसुरअन्तर्गत निवर्तमान मन्त्री अधिकारीसहित धादिङ त्रिपुरासुन्दरी गापा– ६ का महेश पाण्डे, नुवाकोटको विदुर नपा– ७ का जुगल रिजाल र दोलखाको जिरी नपा– ९ का वीरबहादुर सुनुवारविरुद्ध म्याद थप भएको छ । 

खोटाङ ऐँसेलुखर्क गापा– २ का दावा शेर्पा, खोटाङकै केपिलासगढी गापा– ४ का जनक राई र रसुवा कालिका गापा– ५ का कञ्चन देवकोटाविरुद्ध भने लिख किर्ते कसुरअन्तर्गत मात्रै म्याद थप भएको छ । पक्राउ परेका महेशले प्रहरीसँगको बयानमा सबै विवरण खुलाएपछि अधिकारीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले निवर्तमान मन्त्री अधिकारीसहित पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरअन्तर्गत म्याद भएको बताए । 

‘जापानबाट ‘डिपोर्ट’ भएर आएका र पछि पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र लिखत किर्ते कसुरमा अदालतबाट दुई दिनको म्याद थप भएको छ । घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ, नयाँ तथ्य खुल्दै जालान्,’ उनले भने । 

गत १३ कात्तिकमा जापानको राजधानी टोकियोस्थित टोकियो महानगरपालिकामा आयोजना हुने भनिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन भन्दै मन्त्री अधिकारीसँगै दावा, जनक र कञ्चन जापान हिँडेका थिए । तर, उनीहरूलाई टोकियोस्थित टोकियो अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरेपछि उनीहरू गत १७ कात्तिकमा नेपाल फर्किएका थिए । यसका लागि उनीहरूले महेशलाई जनही १० लाखदेखि १३ लाख रुपैयाँका दरले रकम बुझाएका थिए । 

मन्त्रीसहितको टोलीलाई भिसा लगाउने, कार्यक्रमका लागि निमन्त्रणा पठाउने र किर्ते कागजात खडा गर्नेलगायतका सबै धन्दामा महेशसँगै जुगल र वीरबहादुरले मुख्य भूमिका खेलेका थिए । यसका लागि उनीहरूले मन्त्री अधिकारीसँग समेत पटक–पटक परामर्श लिएको अनुसन्धानमा पाइएको छ । 

विशेषगरी जनक र कञ्चनको नक्कली परिचयपत्र बनाइदिने क्रममा महेशले मन्त्री अधिकारीसँग पटक–पटक परामर्श लिएका थिए । अधिकारीकै स्वीकृतिपछि महेशले ‘कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय’को सहायक पदमा कार्यरत कर्मचारीको परिचयपत्र बनाइदिएका थिए । 

प्रहरीका अनुसार जापानमा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर–२०२४’ नामको कार्यक्रम सात दिनसम्म चल्ने र सोही कार्यक्रमको अतिथिका रूपमा निमन्त्रणा आउने जानकारीसमेत महेशले मन्त्री अधिकारीलाई भनेका थिए । कार्यक्रममा सहभागी हुन जनक र कञ्चनसँगै दावा पनि जाने र हङकङ पुगेपछि मात्रै उनीहरूले भेट्ने जानकारी पनि महेशले मन्त्री अधिकारीलाई भनेका थिए । यसका लागि प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँका दरले रकम लिएकोसमेत महेशले मन्त्री अधिकारीलाई सुझाएको अनुसन्धानमा पाइएको छ । 

प्रहरीका अनुसार मन्त्री अधिकारीसहित जापान हिँडेका चारजनालाई १५ दिनको भिजिट भिसा लगाइएको थियो । तर, कार्यक्रमको अवधि भने सात दिन मात्रै थियो । जापान पुगेपछि मन्त्री अधिकारी फिर्ता हुने, तर दावा, कञ्चन र जनक भने लुक्ने योजना थियो । सोही प्रयोजनका लागि उनीहरूले महेशलाई जनही १० देखि १३ लाख रुपैयाँ बुझाएका थिए । यसबापत मन्त्री अधिकारीको एयर–फेयर टिकट, होटेल र सपिङ खर्च महेशले नै व्यहोर्ने योजना थियो । यो समाचार आजको नयाँपत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending