Ntc summer Offer
Khabar Dabali २९ कार्तिक २०८१ बिहीबार | 14th November, 2024 Thu
Investment bank

सामाजिक सञ्जालको प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल

खबरडबली संवाददाता
काठमाडौं । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र  सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ ।
नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि मङ्गलबार विशेष अपिल जारी गरको हो ।
सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको उल्लेख छ ।
सञ्चार माध्यमअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल एवम् फेसबुक पेज)बाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय दिने, अशिष्ट/अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ ।
पछिल्लो समय कतिपय सामाजिक सञ्जाल (युट्युब/फेसबुक पेज) बाट प्रचलित कानुनअनुसार दर्ता भइ स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ ।
सञ्चार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्ने जस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ, त्यसमा उल्लेख छ ।
सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ । काउन्सिलले यस्ता गतिविधिलाई गम्भीररूपमा लिइ समस्या समाधानका लागि राज्यका निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गरिरहेको काउन्सिलले जनाएको छ ।
मिडियाको आवरणमा रहेका पेज, ग्रुपसहितमा आबद्ध व्यक्तिहरूले विज्ञापनका लागि अनावश्यक दबाब दिने, अन्य ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा वा विज्ञापन दिन अस्वीकार गरेमा त्यस संस्था, कम्पनी एवम् व्यक्तिको बारेमा तथ्यहीन, आधारहीन, अपुष्ट आरोपहरू लगाई मिथ्या सूचना प्रकाशन/प्रसारण गर्ने गरेको भनी गुनासाहरू प्राप्त भइरहेका छन् । यस्ता गतिविधिहरुलाई तत्काल रोक्न प्रेस काउन्सिल सम्बद्ध सबैलाई सचेत गराउन चाहन्छ, विज्ञप्तिमा भनिएको छ ।
सामाजिक सञ्जालले सत्य, तथ्य एवम् सन्तुलित सुचना प्रवाह गर्न सके मात्र यसप्रति जनविश्वास बढ्छ । कुनै सुचना प्रकाशित गर्नुअघि विश्वसनीयताको परीक्षण गर्नुपर्दछ । आफूले सम्प्रेषण गरेका सामग्रीउपर हुने विचार वा कमेन्टहरूबाट सिर्जित परिस्थितिको सार्वजनिक एवम् कानुनी जवाफदेहिता पनि स्वयम् सञ्चार माध्यम एवम् सम्वद्ध सामाजिक सञ्जालको हुनेतर्फ काउन्सिलले सजग समेत गराएको छ ।
आधिकारिक र विश्वसनीय सूचना प्रवाहबाट मात्र पत्रकारिता बलियो र प्रभावकारी हुन्छ । सामाजिक सञ्जालहरु पनि त्यसैका लागि सदुपयोग गर्न सके अहिले देखिएका कतिपय भ्रमहरु आफै हट्दै जानेछन्, काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको धारणा छ ।
 प्रेस काउन्सिलले लागु गरेको कार्यविधिमा आमसञ्चार माध्यमले झैं सामाजिक सञ्जाल (युट्युब च्यानल तथा फेसबुक पेजहरु)ले सञ्चालक र कार्यालय ठेगानासहित पूर्ण विवरण खुलाउनुपर्ने प्रष्ट उल्लेख गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी चलाएका सञ्जालबाट सम्प्रेषित सामग्रीबाट प्रचलित कानुन उल्लङ्घन भए आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।
विज्ञप्तिमा सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै  संविधान र कानुनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न, गराउन साथै गल्ती सच्याउने आम सञ्चारमाध्यमको प्रतिवद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवम्क्रियाशील भएको उल्लेख छ ।
सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजलाई प्रचलित कानुन र आचासंहिताको पालना गरी सुचना सम्प्रेषण गर्न सम्बद्ध सबैमा काउन्सिल आग्रह समेत गरेको छ ।  
साथै मिडियाको दुरुपयोग गर्ने, भ्रम छर्ने, विज्ञापनलगायत ‘बार्गेनिङ’ गर्ने र मागबमोजिम नभएमा धम्की दिने, तथ्यहीन सामग्री प्रकाशन/प्रसारण गर्नेजस्ता गैरपेशागत आचरण प्रस्तुत नगर्न, नगराउन समेत विज्ञप्तिमार्फत् काउन्सिलले विशेष अपिल गरेको छ ।
 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा ९४ वर्षीया वृद्धाको शव फेला

भक्तपुर । भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर रहेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन् । उनको हत्या ...

चोरीको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ बस्ने कृष्ण बहादुर कार्कीको कोठाबाट सुन, चाँदीको गरगहना तथा नगद चोरी भएको घटनामा संलग्न रहेको आरोपमा एकजन...

पर्सा मकवानपुर झापा र सुनसरीबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ

करिब ३६ किलो अवैध लागूऔषध चरेश बरामद

‘मह जात्रा’ प्रहसनको तयारी पुरा

काठमाडौं । मह जोडीले नेपालमा करिब दश वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने प्रहसनका लागि रियल्सल लगायतका संम्पुर्ण तयारी पुरा भएक...

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक ...

आज पनि घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली सुन–चाँदी बजारमा आज पनि मूल्य घटेकाे छ । आज सुन र चाँदी दुबै धातुको मूल्य घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महास.घका अनुसार आज ...

बाढीपीडितलाई माओवादी निकट कर्मचारी महासङ्घको सात लाख ७७ हजार सहयोग

काठमाडौ‌ । नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि रु सात लाख ७७ हजार प्रदान गरेको छ।महासङ्घका अध्यक्ष ...

ठेकेदारको लापरबाहीले सिँचाइ कुलो अलपत्र

खोटाङ  । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना तत्काल सञ्चालनमा ल्याउन स्थानीयले ...

सुरक्षा घेरामा रविको भैरहवामा ९ घण्टा वयान, आज पनि जारी

भैरहवा । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री ...

नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । आज नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ । आज कुल ३०८ कम्पनीका एक करोड ५३ लाख ६२...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy