Khabar Dabali २ मंसिर २०८२ सोमबार | 17th November, 2025 Mon
Investment bank

सुरक्षाको घेरामा रविको तेस्रो दिनको बयान सुरू, आजै सकिने

खबरडबली संवाददाता

भैरहवा। रवि लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरू भएको बयानलाई बिहीबार पनि निरन्तरता दिइएको छ। 

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री  लामिछानेलाई आज तेस्रो दिन बाक्लो सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा साढे १० बजे बयानका लागि हाजिर गराइएको छ। 

जिल्ला प्रहरी कार्यालयमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयान तीन घण्टा ३५ मिनेट वयान लिएको थियो।

दोस्रो दिन बिहान सवा १० बजेदेखि सवा ७ बजेसम्म ९ घण्टा बयान दिइएको थियो। सवाल-जवाफ नसकिएकोले बिहीबार अन्तिम टुंगो लगाउने गरी साढे १० बजेबाट बयान सुरू भएको हो।

प्रमुख न्यायधिवक्ता प्रेमराज पौडेलले मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष बयान लिने व्यवस्था अनुरुप अनुसन्धान अधिकारी उपस्थित गराएका छन्।

हिजोसम्म भएको बयानको अन्तिम रुप दिदै रुजु गर्ने र रोल क्रम गर्ने काम आज हुन्छ। 'उहाँविरुद्ध परेको सहकारी ठगीविरुद्धको कसुरमा रहेर नै सवाल-जवाफ भएका छन्, उहाँको सहमतिमा नै सहज रुपमा जवाफ आएको छ,' उनले भने, 'कति वटा प्रश्न गरिएको भन्ने बारे यकिन भएको छैन, सम्भवः आज बयान सकिने अनुमान छ।' 

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउँछ। त्यो अनुसन्धान पूरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्दाको बीचमा थप बयान लिनुपर्ने देखिएमा थप बयान लिन सक्ने व्यवस्था पनि छ।

त्यो कानुन टेकेर अवस्था हेरेर बयान फेरि पनि लिन सकिने व्यवस्था छ। सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरू नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्‍याइएको छ।

मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रशासनलाई चुनौती थपिएको छ।

केही बोलिहाल्छन कि भन्ने डरले लामिछानेलाई छेकेर सरकारी वकिलको कार्यालय र हिरासतसम्मको यात्रा भइरहेको छ। दर्जनौं नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरामा मात्रै उनलाई बयानमा लगिएको छ। 

रास्वपाका कार्यकर्ताहरूले लामिछाने रुपन्देही आएदेखि नै उनको समर्थनमा विरोध प्रदर्शन गरेका छन्। सोही क्रममा बुधबार दिउसो अदालतअगाडि कार्यकर्ता प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीबीच केहीबेर तनाव सिर्जना भएको थियो। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कार्कीले गरिन् एनपिएलको उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेको छिन् । उद्घाटन कार्यक्रममा उनल...

नागरिक समाजका नेताहरूसँग प्रधानमन्त्रीले भनिन् : भड्काउपूर्ण अभिव्यक्तिविरुद्ध नागरिक खबरदारी आवश्यक

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको वातावरणलाई ध्रुवीकृत गर्ने र हिंसाका घटनाले बिथोल्ने जोखिमप्रति सरकार सचेत रहेको बताएकी छन्। ...

नेकपाको ‘एकता सन्देश सभा’ कार्यक्रम सार्वजनिक, मंसिरभर देशव्यापी सभा

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभर ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सोमबार जा...

आजबाट सुरु हुने एनपीएलको सुरक्षाका लागि १५ सयभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको ...

अस्ट्रेलियाद्वारा टर्कीसँग संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलन सह-आयोजनाको प्रस्ताव अस्वीकार

सिड्नी।अस्ट्रेलियाले आगामी वर्ष आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन (कोप-३१) का लागि टर्कीद्वारा गरिएको सह-आयोजनाको प्रस्ताव सोमबार ...

मधेश प्रदेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्ति तत्काल नगर्न आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले मधेश प्रदेशका...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

ढाका । बंगलादेशको अदालतले गत वर्ष विद्यार्थी आन्दोलन दबाउने क्रममा ‘मानवताविरुद्धको अपराध’ गरेको आरोपमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको स...

वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन, निर्धक्क भएर सेवा लिन स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले सोमबार वीर अस्पतालको अनुगमन गर्दै यस अस्पतालको सेवा कुनै पनि निजी अस्पतालको भन्दा कम नभएको दा...

एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौँ। एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको ...

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्थानीय अदालतले मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ। अदालतको ठहरअनुसार, गत वर्ष आरक्षणको विर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending