Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

छत्रेश्वरीमा अख्तियारद्वारा अन्तरक्रिया, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा जोड

खबरडबली संवाददाता

सल्यान  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्टाचार नियन्त्रणको पहिलो दायीत्व सम्बन्धीत निकायकै भएको बताएका छन् । सल्यानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधी, कर्मचारी, उपभोक्ता समितिमा बसेर काम गर्ने वा सार्वजनिक श्रोतसाधनको प्रयोग गरेर काम गर्ने जो कोहिले पनि भ्रष्टाचार सम्बन्धीत क्षेत्रको ऐन, नियम पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिएका हुन् ।

आयोगको आजोजनामा विहिबार सल्यानको छत्रेश्वरी गाउँपालिकाका आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘अख्तियार मात्रै भ्रष्टाचार नियन्त्रण गर्ने एउटै संस्था हो भन्ने बुझ्नु गलत हो । सबैभन्दा पहिलो दायीत्व सम्बन्धीत निकाय, कार्यालय र इकाइको हो । सम्बन्धीत कुराहरु र ऐन नियमको परिपालना तथा परिणामसंग सम्बन्धीत रहेर काम गर्नुपर्छ ।’ उनले कर्णाली प्रदेशमा विशेष गरेर निर्माण तथा सामान खरिद, परामर्श सेवा खरिद, नियुक्ती एवम् पारदर्शीता नअपनाएका विषयमा बढीजसो उजुरी आउनेगरेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय तथा वन समूह र निर्माण समितिका पदाधिकारीहरू लगाएत सरोकारवालाहरुका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनको उद्देश्यसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पारदर्शी र जवाफदेही भूमिका सुशासनको महत्वपूर्ण आधारशिला भएको उल्लेख गर्दै ऐन, नियमको पालनामा आफुहरुले सक्दो र इमान्दार प्रयास गरिरहेको बताए । यद्यपी अख्तियार भन्नेवित्तिकै तर्सिनुपर्ने अवस्था समेत रहेको भन्दै उनले काम गर्दा प्रकृयागत त्रुटी हुनसक्ने तर त्यसलाई सच्याएर अघि बढ्नुपर्ने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगाएत पत्रकार, विद्यालय, उपभोक्ता समिति, वन समूहका प्रतिनिधीहरुले विभिन्न जिज्ञासा र सुझाव प्रदान गरेका थिए ।

कार्यक्रममा आयोगको सुर्खेत कार्यालयका शाखा अधिकृत विष्णु प्रसाद न्यौपानेले भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरु एवं स्थानीय तहलाई आयोगका सुझावहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक गरी मूख्य रुपमा तीन किसिमका रणनीतिक उपायहरूमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि अख्तियारको सुर्खेत कार्यालयले चालु आर्थिक वर्षमा पालिका स्तरमा ३० वटा कार्यक्रम गर्ने लक्ष्य राखेकोमा हाल सम्म छत्रेश्वरी सहित ४ वटा पालिकामा कार्यक्रम सम्पन्न भइसकेको जनाए । उनले जिल्ला स्तरमा ५ वटा र प्रदेश स्तरमा एउटा कार्यक्रम गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।

अख्तियारले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । अभिमुखिकरण कार्यक्रममा स्रोतको पारदर्शी र न्यायोचित उपयोग, जनताको सहभागिता, र विभिन्न क्षेत्रमा देखापर्न सक्ने अनियमितताहरूको बारेमा पनि छलफल गरिएको थियो । वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, विद्यालय, वन समूह र निर्माण समितिका पदाधिकारीहरू सहभागि कार्यक्रममा सहभागिहरुलाई स्रोतसाधनको सदुपयोग गर्दै सुशासनलाई कायम राख्न र आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि सचेत रहन आग्रह गरिएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending