Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

असफल ‘विद्रोहमा सहभागी’ एक ब्राजिलियाली नागरिक पक्राउ

खबरडबली संवाददाता

अर्जेन्टिना । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा गत वर्ष ब्राजिलमा भएको सत्ता विद्रोअ (कू) को प्रयास गरेको आरोपमा अर्जेन्टिना प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । 

अर्जेन्टिनाको ब्यूनस आयर्सबाट ६० किलोमिटर दक्षिणमा रहेको ला प्लाटाबाट ४७ वर्षीय ब्राजिलियाली जोएल्टन गुस्माओ डी ओलिभेरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ब्राजिलले यसअघि पनि उनलाई सुपुर्दगीका लागि पक्राउ र थुनामा राख्न वारेन्ट जारी गरेको प्रहरीले जनाएको छ । 

गत फेब्रुअरीमा ब्राजिलको एक अदालतले गुस्माओ डी ओलिभेरालाई ‘कू’ प्रयास गरेको र र सशस्त्र सङ्गठनमा सहभागी भएको अभियोगमा १७ वर्षको जेल सजाय सुनाएको थियो । बोल्सोनारो समर्थक हजारौं कार्यकर्ताले जनवरी ८, २०२३ मा राष्ट्रपति भवन, बाजिलको संसद् (कङ्ग्रेस) र सर्वोच्च अदालतमा आक्रमण गरी राष्ट्रपति निर्वाचित वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई अपदस्थ गर्न सशस्त्र बलको हस्तक्षेपको माग गरेकोसमेत अभियोग लगाइएको छ । 

ब्राजिलको समाचार साइट युओएलका अनुसार गुस्माओ डी ओलिभेरा एक शरणार्थीका रूपमा अर्जेन्टिनामा बस्दै आएका थिए र उनलाई आफ्नो कागजात नवीकरण गर्ने क्रममा पक्राउ गरिएको थियो । गत अक्टोबरमा अर्जेन्टिनाको सरकारले ‘गम्भीर अपराध’मा अभियोग लागेका वा दोषी ठहरिएका विदेशीलाई शरणार्थीको दर्जा दिन नपाउने गरी कानुन संशोधन गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending