Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

असफल ‘विद्रोहमा सहभागी’ एक ब्राजिलियाली नागरिक पक्राउ

खबरडबली संवाददाता

अर्जेन्टिना । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोको समर्थनमा गत वर्ष ब्राजिलमा भएको सत्ता विद्रोअ (कू) को प्रयास गरेको आरोपमा अर्जेन्टिना प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । 

अर्जेन्टिनाको ब्यूनस आयर्सबाट ६० किलोमिटर दक्षिणमा रहेको ला प्लाटाबाट ४७ वर्षीय ब्राजिलियाली जोएल्टन गुस्माओ डी ओलिभेरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ब्राजिलले यसअघि पनि उनलाई सुपुर्दगीका लागि पक्राउ र थुनामा राख्न वारेन्ट जारी गरेको प्रहरीले जनाएको छ । 

गत फेब्रुअरीमा ब्राजिलको एक अदालतले गुस्माओ डी ओलिभेरालाई ‘कू’ प्रयास गरेको र र सशस्त्र सङ्गठनमा सहभागी भएको अभियोगमा १७ वर्षको जेल सजाय सुनाएको थियो । बोल्सोनारो समर्थक हजारौं कार्यकर्ताले जनवरी ८, २०२३ मा राष्ट्रपति भवन, बाजिलको संसद् (कङ्ग्रेस) र सर्वोच्च अदालतमा आक्रमण गरी राष्ट्रपति निर्वाचित वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई अपदस्थ गर्न सशस्त्र बलको हस्तक्षेपको माग गरेकोसमेत अभियोग लगाइएको छ । 

ब्राजिलको समाचार साइट युओएलका अनुसार गुस्माओ डी ओलिभेरा एक शरणार्थीका रूपमा अर्जेन्टिनामा बस्दै आएका थिए र उनलाई आफ्नो कागजात नवीकरण गर्ने क्रममा पक्राउ गरिएको थियो । गत अक्टोबरमा अर्जेन्टिनाको सरकारले ‘गम्भीर अपराध’मा अभियोग लागेका वा दोषी ठहरिएका विदेशीलाई शरणार्थीको दर्जा दिन नपाउने गरी कानुन संशोधन गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किर्गिजस्तानमा चिनियाँ लगानीमा नवीकरणीय उर्जा आयोजना सञ्चालनमा

बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...

शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...

ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

काठमाडाैँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध...

कञ्चनपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरी...

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी...

अस्थायी मतदाता सङ्कलन सुरु गरिने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन स...

विद्यार्थी नेताका हत्याराहरू भारत भागे: बङ्गलादेश प्रहरी

बङ्गलादेश । बङ्गलादेश प्रहरीले लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीका कथित हत्याराहरू भारत भागेको आइतबार जानकारी दिएको छ । यसले दुई छिमेकी देशको ...

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

हेटौँडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश ...

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending