Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भारतीय प्रहरी र नक्सलवादी समूहबिचको झडपमा पाँच विद्रोहीको मृत्यु

खबरडबली संवाददाता

भारत । भारतको छत्तिसगढ राज्यमा भारतीय प्रहरी र नक्सलवादी समूहबिच भएको झडपमा पाँच विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । छत्तिसगढ राज्यको अबुझमाड जंगलमा शनिबार सशस्त्र झडप भएको र झडपका क्रममा पाँच नक्सलवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बताएको छ ।

यससँगै सन् २०२४ मा भएको द्वन्द्वमा ज्यान गुमाउनेको संख्या २०० को हाराहारीमा पुगेको छ । सीमान्तकृत आदिवासीको अधिकारका लागि लडिरहेको बताउने नक्सलवादी आन्दोलन भनेर चिनिने विद्रोहमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

'सशस्त्र झडपमा पाँच माओवादी मारिएका छन्,’ वरिष्ठ प्रहरी अधिकारी पी. सुन्दरराजले एएफपीसँग भने । मारिनेमा दुईजना महिला भएको उनले बताए । कांकेर र नारायणपुरको सिमानामा पर्ने क्षेत्रमा प्रहरीले शवबाट राइफल र गोलीगट्ठा बरामद गरेको थियो । झडपमा परी दुई प्रहरी घाइते भएका छन् ।

भारत सरकारका गृहमन्त्री अमित शाहले यसै महिना (सेप्टेम्बर) मा सन् २०२६ को सुरुसम्ममा विद्रोही परास्त हुने बताएका थिए । सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लाको नामबाट नामाकरण गरिएका नक्सलवादीहरू चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङबाट प्रेरित छन् ।

उनीहरूले स्थानीय जनताका लागि भूमि, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्साको माग गर्दै धेरै दुर्गम समुदायहरूमा प्रवेश गरेका थिए । सन् २०१० मा ९६ जिल्लामा विद्रोह भएकोमा सन् २०२३ मा भारतले करिब ४५ जिल्लामा सीमित भएको दाबी गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किर्गिजस्तानमा चिनियाँ लगानीमा नवीकरणीय उर्जा आयोजना सञ्चालनमा

बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...

शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...

ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

काठमाडाैँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध...

कञ्चनपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरी...

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी...

अस्थायी मतदाता सङ्कलन सुरु गरिने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन स...

विद्यार्थी नेताका हत्याराहरू भारत भागे: बङ्गलादेश प्रहरी

बङ्गलादेश । बङ्गलादेश प्रहरीले लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीका कथित हत्याराहरू भारत भागेको आइतबार जानकारी दिएको छ । यसले दुई छिमेकी देशको ...

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

हेटौँडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश ...

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending