Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

पाकिस्तानबाट समुद्रको बाटोहुँदै बङ्गलादेशतर्फ सामान ढुवानी

खबरडबली संवाददाता

ढाका । पाकिस्तानबाट बङ्गलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ । 

मालबाहक पानीजहाजमार्फत् बङ्गलादेशमा सफलतापूर्वक कन्टेनरहरू उतारेको बन्दरगाहका अधिकारीहरूले आइतबार एएफपीसँग बताउँदै भने, “पाकिस्तानबाट बङ्गलादेशका लागि भएको यो दशकौंपछिको पहिलो ढुवानी हो ।” सन् १९७१ को युद्धपछि यी दुई देश विभाजित भएका थिए र त्यसपछि बङ्गलादेश पाकिस्तानको प्रतिद्वन्द्वी भारतसँग नजिक भएको थियो ।

तर गत अगष्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि उनी नयाँदिल्लीमा शरण लिन पुगेका थिए । पनामाको ध्वजाबाहक युआन सियाङ फा झान नामक १८२ मिटर (५९७ फिट) लामो कन्टेनर जहाज पाकिस्तानको कराँचीबाट बङ्गलादेशको चटगाउँका लागि छुटेको र नोभेम्बर ११ मा सामान गन्तव्यमा पुगी झारिसकिएको चटगाउँ बन्दरगाहका उच्च अधिकारी ओमार फारुकले एएफपीसँग बताए । 

ढाकाका लागि पाकिस्तानका राजदूत सैयद अहमद मारुफले फेसबुकमा लेखेका छन्, “यो मार्गले दुवै तर्फका व्यवसायका लागि नयाँ अवसरलाई बढावा दिनेछ ।” चटगाँउ बन्दरगाहका अधिकारीहरूका अनुसार जहाजले पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) बाट सामानहरू ल्याएको थियो, जसमा बङ्गलादेशको प्रमुख गार्मेन्ट उद्योगका लागि कच्चा पदार्थ र आधारभूत खाद्य पदार्थहरू समावेश थिए । 

गत सेप्टेम्बरमा बङ्गलादेशले पाकिस्तानी सामानको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको थियो । प्रतिबन्धले पहिले सामानको आगमनमा अनिवार्य भौतिक निरीक्षण अनिवार्य गरिएका कारण ढुवानीमा लामो ढिलाइ हुनेगरेको थियो । 

यसअघि, पाकिस्तानी सामानहरू बङ्गलादेश जानुअघि सामान्यतया श्रीलङ्का, मलेसिया वा सिङ्गापुरका फिडर जहाजहरूमा लोड गर्नुपथ्र्यो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टर्कीएको इस्तानबुलमा सवारी दुर्घटनाः ५ जनाको मृत्यु, ६ घाइते

इस्तानबुल । टर्कीएको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अन...

किर्गिजस्तानमा चिनियाँ लगानीमा नवीकरणीय उर्जा आयोजना सञ्चालनमा

बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...

शान्ति अस्वीकार भए सैन्य लक्ष्य पूरा गर्छौं : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...

ब्राजिलमा सडक दुर्घटना परी ११ जनाको मृत्यु

काठमाडाैँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध...

कञ्चनपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरी...

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी...

अस्थायी मतदाता सङ्कलन सुरु गरिने

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन स...

विद्यार्थी नेताका हत्याराहरू भारत भागे: बङ्गलादेश प्रहरी

बङ्गलादेश । बङ्गलादेश प्रहरीले लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीका कथित हत्याराहरू भारत भागेको आइतबार जानकारी दिएको छ । यसले दुई छिमेकी देशको ...

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

हेटौँडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending