गाजा । गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली हवाई आक्रमणमा चार महिला र तीन बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको जनाएको छ ।
मध्य गाजाको बुरेज शरणार्थी शिविरमा भएको आक्रमणमा परी १० जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बसालले जानकारी दिए । शिविरको एक घरमा भएको अर्को आक्रमणमा परी कम्तीमा एक महिलाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् ।
दक्षिणी शहर राफामा आइतबार बिहान इजरायली ड्रोनले आक्रमण गरिएको र यसका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको बासलले जानकारी दिए । मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको एक घरमा रातभर भएको आक्रमणमा परी तीन महिला र एक बालकसहित अन्य चार जनाको मृत्यु भएको उनले बताए ।
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार १३ महिनाभन्दा बढी चलेको युद्धमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४३ हजार ७९९ पुगेको जनाएको छ । मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ र यसलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २०६ जनाको मृत्यु भएको एएफपीलाई उपलब्ध गराइएको इजरायली तथ्याङ्कमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८१ - २१:०६
काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनका छोरा अमेरिकाबा...
मंसिर २ गते, २०८१ - २०:५५
किएभ । युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ । रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेक...
मंसिर २ गते, २०८१ - २०:५१
काठमाडौं । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आज विहान १० बजेद...
मंसिर २ गते, २०८१ - २०:२३
कीर्तिपुर । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली ...
मंसिर २ गते, २०८१ - २०:१७
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण बनाउ...
मंसिर २ गते, २०८१ - २०:०३
काठमाडौं । नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमाप...
मंसिर २ गते, २०८१ - १९:५२
ओखलढुंगा । स्थानीय तह उपनिर्वाचन-२०८१ मा ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भए...
मंसिर २ गते, २०८१ - १९:३३
काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । कांग्रे...
मंसिर २ गते, २०८१ - १९:२८
काठमाडौं । मोरङ पथरी शनिश्चरे नगरपालिका-१ मा रहेको शिव क्लोथ स्टोरविरूद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । लामो समयदेखि सञ्चालित उक्त स्टोरले ...
मंसिर २ गते, २०८१ - १९:२४
इटहरी । इटहरीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे१ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्री सम्झना यादवक...
प्रतिकृया लेख्नुहोस्: