किएभ । युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ ।
रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेका बताउँदै आइतबार युक्रेनको ऊर्जा अपरेटर डीटीईकेले किएभ र पूर्वी क्षेत्रका दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ हुने जानकारी गराएको हो ।
डीटीईकेद्वारा सामाजिक सञ्जाल टेलिग्राममा जारी एक विज्ञप्तिमा भनिएको छ, “किएभ, किएभको बाहिरी क्षेत्र, डोनेट्स्क र डेनिप्रोपेट्रोभ्स्क क्षेत्रमा आपतकालीन विद्युत कटौती गरिएको छ ।
यसअघि युक्रेनका ऊर्जामन्त्री जर्मन गालुश्चेन्कोले टेलिग्राममा भनेको थियो, “रूसी सेनाले युक्रेनभरिका विद्युत् उत्पादन र प्रसारण सुविधाहरूमा आक्रमण गरिरहेको छ । हाम्रो ऊर्जा प्रणालीमा ठूला आक्रमण जारी छन् ।” एएफपीका पत्रकारहरूले डोनेट्स्क क्षेत्रको स्लोभियान्स्क नजिकै किएभमा बिहानै विस्फोटको आवाज सुनेका बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले क्षेप्यास्त्र र ड्रोनबाट गरेको हवाई आक्रमणले युक्रेनको ऊर्जा उत्पादन क्षमताको आधा नष्ट भएको बताएका छन् । किएभले आफ्नो ऊर्जा ग्रिडको पुनर्निर्माणमा सहयोग गर्न र आफ्ना सेनालाई थप हवाई प्रतिरक्षा हतियार आपूर्ति गर्न आफ्ना पश्चिमी सहयोगीहरूलाई आग्रह गरेको छ ।
युक्रेनमा कठोर जाडो आउँदै गर्दा ऊर्जाको व्यापक कमी हुनुले युक्रेनीहरूलाई जाडोको समयमा थप कठिनाई हुने देखिएको छ । यूक्रेनका अधिकांश स्थानमा जाडो हुने र हिटर र अन्य न्यानो पार्ने उपकरण र कपडाको प्रयोग आवश्यक हुने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १९:०५
इस्तानबुल । टर्कीएको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अन...
पौष १३ गते, २०८२ - १९:०३
बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...
पौष १३ गते, २०८२ - १९:०१
फ्लोरिडा । रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर...
पौष १३ गते, २०८२ - १८:५८
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन शान्तिपूर्ण समाधानतर्फ नआए रुसले सैन्य माध्यमबाटै आफ्नो ‘विशेष सैन्य अपरेसन’ का सबै लक्ष्य प्राप्त ग...
पौष १३ गते, २०८२ - १८:५७
काठमाडाैँ । ब्राजिलको उत्तरपूर्वी राज्य बाहियामा भएको गम्भीर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । सङ्घीय राजमार्ग प्रहरीका अनुसार मृतकमध...
पौष १३ गते, २०८२ - १८:५५
कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरी...
पौष १३ गते, २०८२ - १८:५१
वीरगञ्ज । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी...
पौष १३ गते, २०८२ - १८:४८
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन स...
पौष १३ गते, २०८२ - १८:४४
बङ्गलादेश । बङ्गलादेश प्रहरीले लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीका कथित हत्याराहरू भारत भागेको आइतबार जानकारी दिएको छ । यसले दुई छिमेकी देशको ...
पौष १३ गते, २०८२ - १८:४०
हेटौँडा । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बागमती प्रदेशमा तयारी अघि बढाएको छ । आयोगले बागमती प्रदेश ...




प्रतिकृया लेख्नुहोस्: