Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

युक्रेनमा ‘आकस्मिक विद्युत कटौती’ को घोषणा

खबरडबली संवाददाता

किएभ । युक्रेनले किएभ क्षेत्र र पूर्वका अन्य दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ को घोषणा गरेको छ । 

रूसले ऊर्जा ग्रिडमा ‘व्यापक’ हवाई आक्रमण गरेका बताउँदै आइतबार युक्रेनको ऊर्जा अपरेटर डीटीईकेले किएभ र पूर्वी क्षेत्रका दुई स्थानमा ‘आकस्मिक विद्युत् कटौती’ हुने जानकारी गराएको हो । 

डीटीईकेद्वारा सामाजिक सञ्जाल टेलिग्राममा जारी एक विज्ञप्तिमा भनिएको छ, “किएभ, किएभको बाहिरी क्षेत्र, डोनेट्स्क र डेनिप्रोपेट्रोभ्स्क क्षेत्रमा आपतकालीन विद्युत कटौती गरिएको छ । 

यसअघि युक्रेनका ऊर्जामन्त्री जर्मन गालुश्चेन्कोले टेलिग्राममा भनेको थियो, “रूसी सेनाले युक्रेनभरिका विद्युत् उत्पादन र प्रसारण सुविधाहरूमा आक्रमण गरिरहेको छ । हाम्रो ऊर्जा प्रणालीमा ठूला आक्रमण जारी छन् ।” एएफपीका पत्रकारहरूले डोनेट्स्क क्षेत्रको स्लोभियान्स्क नजिकै किएभमा बिहानै विस्फोटको आवाज सुनेका बताएका छन् । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले क्षेप्यास्त्र र ड्रोनबाट गरेको हवाई आक्रमणले युक्रेनको ऊर्जा उत्पादन क्षमताको आधा नष्ट भएको बताएका छन् । किएभले आफ्नो ऊर्जा ग्रिडको पुनर्निर्माणमा सहयोग गर्न र आफ्ना सेनालाई थप हवाई प्रतिरक्षा हतियार आपूर्ति गर्न आफ्ना पश्चिमी सहयोगीहरूलाई आग्रह गरेको छ । 

युक्रेनमा कठोर जाडो आउँदै गर्दा ऊर्जाको व्यापक कमी हुनुले युक्रेनीहरूलाई जाडोको समयमा थप कठिनाई हुने देखिएको छ । यूक्रेनका अधिकांश स्थानमा जाडो हुने र हिटर र अन्य न्यानो पार्ने उपकरण र कपडाको प्रयोग आवश्यक हुने गर्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending