उदयपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत उदयपुरको त्रियुगा र बेलका नगरपालिकाको वडाध्यक्ष पदका लागि बिभिन्न राजनितिक दल सहित १६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष पदका लागि ७ राजनीतिक दलसहित १ जनाको स्वतन्त्र उम्मेदवारी परेको हो ।
मंसिर १६ गते हुने निर्वाचनका लागि त्रियुगा र बेलका नगरपालिकामा मुख्य दलहरूले तामझाम र शक्ति प्रदर्शनसहित आइतबार मनोनयन दर्ता गरेका छन् ।
कांग्रेसका तर्फबाट त्रियुगा नगरपालिका– १२ नम्बर वडाध्यक्ष पदमा संबिज काफ्लेको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेका लक्ष्मीनारायण चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा माओवादी केन्द्रबाट नबिनकुमार बान्तावा राई, नेकपा एकिकृत समाजवादीबाट निर्मलाकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पाटीबाट लालबाबु साह, जनमत पाटीबाट प्रमोद मलाहा सहनी, राष्ट्रिय स्वातन्त्र पाटीबाट ध्रुबप्रसाद पोखरेल, नागरिक उन्मुक्ति पाटीबाट चन्द्रकला चौधरी र स्वतन्त्रबाट बजरगीकुमार दासले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जानकारी दिएको छ ।
गएको २०७९ को निर्वाचनमा एमाले तथा कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन भएको भए पनि उपनिर्वाचनमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा होमिएका छन् । मुख्य गरी त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटमा कांग्रेस, एमाले, माओवादी र एकिकृत समाजवादी बीच प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी दर्तापछि दलहरूले आ– आफ्नै उम्मेदवारले जित्ने दाबी गरेका छन् ।
आसन्न उपनिर्बाचन मंसिर १६ गतेका निर्वाचनलाई जिल्लाका प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी दलहरू नेकपा माओवादी, एकीकृत समाजवादीर रास्वपाले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाई आइतबार शक्ति प्रदर्शन सहित मनोनयन दर्तामा सहभागी भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: