Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको प्रस्ताव

खबरडबली संवाददाता

गण्डकी। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । 

प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सिफारिससहितको उक्त प्रस्ताव आइतबार सङ्घ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष पेस गरेको हो । 

स्रोतसाधन र बजेटको अभावमा एक हजार शय्याको विशिष्टीकृत अस्पताल निर्माणको काम अगाडि बढ्न नसकेकाले भौतिक पूर्वाधार निर्माण, शय्या, औँजार, उपकरणलगायतमा चीन सरकारको सहयोगको अपेक्षासहित उक्त प्रस्ताव गरिएको मन्त्री पाठकले बताए।

“प्रदेश स्थापना भएपछि पहिलो प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा विशिष्टीकृत अस्पताल बनाउने निर्णय गरे पनि स्रोतको अभावमा उक्त काम अझैसम्म अगाडि बढ्न सकेको छैन”, उनले भने, “प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाका रुपमा यो अस्पताल समावेश भएर परियोजना कार्यान्वयन हुनसक्यो भने गण्डकी प्रदेशवासीले महत्वपूर्ण लाभ लिन सक्छन् ।” 

मन्त्री पाठकले गण्डकी प्रदेश चीनको भू–भागसँग जोडिएको र हालै यसै प्रदेशमा पर्ने कोराला नाकामा अध्यागमन कार्यालयसमेत स्थापना भएको अवस्थामा द्विपक्षीय लगानी तथा सहयोग आदानप्रदानमा थप सहजता थपिएको उल्लेख गरे। 

“विशिष्टीकृत अस्पताल निर्माणमा गण्डकी प्रदेश सरकार र चीन सरकारबीच सहकार्य हुँदाको अवस्थामा दुवै देशका स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता र विशेषज्ञका लागि अध्ययन तथा अनुसन्धानको अवसरसमेत सिर्जना हुन्छ”, उनले भने। 

उक्त अस्पताल स्थापना भएपछि क्यान्सर, मुटु, मिर्गौला रोग, जलनजस्ता जटिल स्वास्थ्य समस्यामा हुँदा सर्वसाधारणले प्रदेशमै गुणस्तरीय सेवा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा एयर एम्बुलेन्ससहित आपतकालीन उद्धार सेवा उपलब्ध भई दुर्घटना तथा स्वास्थ्य विपद् व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । 

प्रस्तावित उक्त अस्पतालबाट परम्परागत चिनियाँ उपचार, आयुर्वेद चिकित्साजस्ता सेवासमेत उपलब्ध गराउने उद्देश्य लिइएको मन्त्री पाठकले बताउनुभयो । पछिल्लो समय मुटु, मिर्गौला, क्यान्सरजस्ता रोगको बिरामीको सङ्ख्या बढ्दै गएकाले यी रोगको उपचारका लागि जिल्ला अस्पतालको रिफरल अस्पतालका रुपमा एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणको योजना अगाडि बढाइएको उहाँको भनाइ छ ।

मन्त्री पाठकले केही समयअघि प्रधानमन्त्री ओलीलाई भेटी कास्कीको पोखरा महानगरपालिका–१६ स्थित जौवारी सिँचाइ विभागको २०० रोपनी जग्गा सोही अस्पताल निर्माण प्रयोजनका लागि प्रदेश सरकारलाई उपलब्ध गराइदिन माग गर्नुभएको थियो । 

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा विशिष्टीकृत अस्पतालको योजना समेटिँदै आए पनि जग्गा र बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेको छैन । “प्रधानमन्त्रीसमक्ष जग्गा व्यवस्थापनलगायत विभिन्न १२ वटा माग मन्त्रालयका तर्फबाट पेस गरिएको छ, प्रधानमन्त्रीले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभएको छ”, उनले भने। 

जटिल रोगको उपचार सेवाका लागि सर्वसाधारण काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यका लागि पोखरामा सुविधासम्पन्न विशिष्टीकृत अस्पताल अत्यावश्यक रहेको मन्त्री पाठकले बताए। 

स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर मन्त्रालयले काम सुरु गरेको मन्त्री पाठकको भनाइ छ । स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना बनाइएको उनले बताए । रासस 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending