काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधीको असरलाई न्यूनीकरण गर्न (फैलावट रोक्ने) आफ्नो तहबाट सक्दो पहल गर्न सबैसँग आग्रह गरेको छन । विश्व प्रतिजैविक सचेतना सप्ताह २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेको हो ।
साथै प्रधानमन्त्री ओलीले प्रतिजैविक प्रतिरोधको बारेमा आफू र आफ्नो परिवार तथा समुदायलाई प्रशिक्षित गराउने प्रतिबद्धता गर्न अनुरोध गरेको छन ।
सबैको संयुक्त प्रयासले मात्र यसको चुनौतीको सामना गर्न सकिने हुँदा सबै सरोकारवाला निकायलाई सहकार्य गर्न प्रधानमन्त्री ओलीले आव्हान गरेको हो ।
“प्रतिजैविक प्रतिरोध अर्थात् सङ्क्रमणको उपचारमा प्रयोग हुने औषधीले उपचारको क्रममा आवश्यक परेको अवस्थामा प्रभावहीन हुने अवस्था हो । नेपाल प्रतिजैविक प्रतिरोधको बढ्दो समस्याबाट अछुतो छैन । यो समस्या मानव स्वास्थ्यको मात्र विषय नभई पशु स्वास्थ्य, कृषि, खाद्य तथा वातावरणको लागि पनि चुनौती बनिरहेको छ” उनले थपे, “प्रतिजैविक प्रतिरोध मानव, पशु र कृषिमा एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोगसँग जोडिएको हुँदा यो समस्या न्यूनीकरण तथा रोकथाम गर्न सबै क्षेत्र र निकाय एकजुट हुन अनिवार्य भएको छ ।”
प्रतिजैविक प्रतिरोधले विश्वव्यापी रूपमा पारिरहेको असरलाई सम्बोधन गर्न ७७ औँ विश्व स्वास्थ्य सभा तथा संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा प्रतिजैविक प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकमा सरकारले प्रतिबद्धता जाहेर गरेको छ ।
प्रधानमन्त्री ओलीका अनुसार यसै वर्षदेखि एक स्वास्थ्य अवधारणाअनुरूप सबै क्षेत्रबाट प्रतिजैविक प्रतिरोध सम्बोधनका लागि आवश्यक पहल गर्न सरकारले राष्ट्रिय प्रतिजैविक प्रतिरोध कार्य योजना पारित गरी लागु गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...
आषाढ़ १० गते, २०८३ - १५:१७
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...



प्रतिकृया लेख्नुहोस्: