Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

बाढी पीडित विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग

खबरडबली संवाददाता

काठमाडौं । बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई सिजल एण्ड सिस्टर फाउण्डेशनको सहयोग गरेको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । 

फाउण्डेशनले बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै शनिबार प्रत्येक परिवारलाई एक(एकवटा ब्ल्यांकेट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको थियो ।

सिजल एण्ड सिस्टरका सल्लाहकार तथा पत्रकार राजेन्द्र लुइँटेल, गीतकार तथा पत्रकार गीता अधिकारी, गायक तथा संगीतकार पुष्कर सुनार, गायिका तथा नायिका सारिका घिमिरे, चलचित्र नायक तथा मोडेल श्रीदेव भट्टराई, विश्व भारततोलन विजेता जीवन गिरी, निर्देशक फोटोग्राफर कुबेर तमाङ, क्यामेराम्यान नवीन सुनुवार तथा सिजल एण्ड सिस्टर संस्थाका सचिव डिल्लीराम सिग्देल, स्थानीय सहजकर्ता तथा समाजसेवी थुप्पेन घ्याल्बो लामालगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।

यसैदिन सिजल एण्ड सिस्टर फाउण्डेशनले समाजसेवी तथा संस्थाका संयोजक राजन भण्डारीको संयोजकत्वमा पनौती(१२ का अति विपन्न तथा बाढी पीडित परिवारलाई सिजल एन्ड सिस्टर फाउण्डेशन अंकित ३०० भन्दा बढी परिवारलाई बाल्टिन, पानीका फिल्टर तथा अन्य सामग्री कम्युनिटी इनोभेसन अर्गनाइजेसन तथा अन्य संस्थासँग सहकार्यगरी वितरण गरिएको थियो । सिजन एण्ड सिस्टर जस्तो गैरनाफामूलक संस्थासँग मिलेर काम गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको इनोभेसन संस्थाका अध्यक्ष नवराज खनालले बताउनुभयो ।

यसै कार्यक्रम कार्यक्रमको संयोजक सदिक्षा सुवेदीले कार्यक्रमको बृहत र टार्गेटमूलक भएको बताउनुभयो । कार्यक्रममा स्थानीय प्रतिनिधि बिमल खत्री लगायतको उपस्थिति थियो । हाम्रो सबै संस्थाको उद्देश्य एउटै भएकोले यसरी एकअर्कामा सहकार्य गरेर समाजसेवा गर्न पाउँदा आनन्द लागेको सेजल एण्ड सिस्टर फाउण्डेशनका अध्यक्ष सञ्जित भण्डारीले बताउनुभयो ।

मेघ सुवेदीले स्थापना गरेको यस संस्थाले यसअघि पनि रोसी गाउँपालिकाका वडा ९, १० र ११ वडाका बाढीपीडितलाई २५० भन्दा बढी बलांकेट मृतक परिवारलाई १० हजारका दरले तथा सम्पूर्ण घर क्षति भएको परिवारलाई जनही पचास हजारका दरले प्रदान गरिएको थियो । गीतकार कार्यक्रम प्रस्तोता तथा संयोजक समिर लामाको समयोजकत्वमा वितरण गरिएको थियो । यस राहत कार्यक्रममा १५० भन्दा बढी परिवारलाई वितरण गरियो बताइएको छ ।

‘हरेक दुःखी पीडितको घाउमा मलमपट्टी लगाउने उद्देश्यनुसार हामीले विभिन्न चरणमा राहतको कार्यक्रम गरिरहेका छौं भने समाज कल्याणको थप अनुमति पश्चात् अन्य विभिन्न ठूला(ठूला रात कार्यक्रम गरिने योजना छ,’ संस्थाका नेपाल अध्यक्ष सन्जित भण्डारीले बताउनुभयो । यसअघि पनि नेपालका विभिन्न जिल्लाका विपन्न स्कुलमा स्कुल सामग्री तथा पोशाक वितरण मेलम्ची बाढीपीडितलाई तत्काल राहतका कार्यक्रम, रोहनिया शरणार्थीलाई खाद्यान्न सहयोग, जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग, पर्सा जिल्लाका गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग, काठमाडौंका विपन्न अनार्थ आश्रमलाई सहयोग, मोरङ, झापा तथा नवलपुर जिल्लाका सरकारी विद्यालयलाई स्कुल पोशाक वितरण तथा झापा र मोरङका भुटानी शिविरमा विभिन्न उल्लेखनीय काम गर्दै आएको छ ।

यस संस्था अमेरिकामा मेघ सुवेदीका अलवा पञ्चम तामाङ, योगेश नेपाल, रविन विष्ट, सुकवीर तमाङ, तिलमान मगर, सोनु तामाङ, अर्जुन विष्टलगायतले यस संस्थाको नेतृत्व गर्नुभएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending