सल्यान । छत्रेश्वरी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा संजालको गाउँपालिका स्तरिय बैठक सम्पन्न भएको छ । बैठकले बालिका तथा समावेशी शिक्षाको महत्वलाई प्राथमिकतामा राख्दै, संजालको गठन र सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ को मस्यौदामाथि छलफल गरेको छ । मस्यौदा कार्यपालिका बैठकमा पेश गर्ने निर्णयसँगै, गाउँपालिकाभित्र रहेका विद्यार्थीको अपांगता पहिचानका लागि विशेष शिविर सञ्चालन गर्ने योजना समेत तय गरिएको सञ्जालका सदस्य सचिव तथा छत्रेश्वरी गाउँपालिकाका शिक्षा अधिकृत केशर वलीले जानकारी दिए ।
बैठकमा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बोल्दै समावेशी शिक्षाले मात्र समाजमा समानता र न्याय सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरे । समावेशी शिक्षाको महत्वका बारेमा अभिभावक, शिक्षक, विद्यार्थी तथा सरोकारवालालाई जानकारी गराउनुपर्ने भन्दै उनले बालिका र समावेशी शिक्षाका लागि परिणाममुखी काम गर्न सबै सरोकारवालालाई अभियानमा सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा पालिका स्तरिय सञ्जालका संयोजक तथा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले विद्यालयमा वा विद्यालय आउजाउ गर्दा अथावा अन्य स्थानमा बालवालिकामाथी हुन सक्ने विभिन्न भेदभाव, दुव्र्यवहार, हिंशा तथा हेपाईलाइ न्यूनीकरणका लागि समावेशी शिक्षाले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले शिक्षामा गरिएको लगानीले दिगो विकास र समतामूलक समाज निर्माणको आधार तयार गर्नसक्ने बताए ।
यस्तै स्ट्रीट चाइल्ड अफ नेपालका प्रवन्धक सञ्जय बुढाथोकीले सञ्जाल गठनमा मात्र सिमित नभइ कार्यान्वयनमा पनि तदारुकता देखाउनुपर्ने धारणा राख्दै बालबालिका, विशेष गरी सीमान्तकृत समुदाय र अपांगता भएका बालबालिकाको शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।
पालिका भित्रका बालिका, अपांगता तथा सीमान्तकृत र जोखिममा रहेका बालबालिकाको शिक्षा, सुरक्षा र संरक्षणका अधिकारहरूलाई प्रवद्र्धन गरी लैंगीक हिंसामा कमी ल्याउन र बालबालिकाले सामना गरिरहेका शैक्षिक अवरोधहरूको सम्बोधन गर्न, सिकाइलाई दिगो रुपमा जीवनपर्यन्त निरन्तरता दिनका लागि बालिका तथा समावेशी शिक्षा सञ्जाललाई संस्थागत गर्न लागिएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिकाका प्रारम्भीक विवरण अनुसार ९३ जना विद्यार्थीमा अपांगता भएको हुनसक्ने अवस्था देखिएकाले अपांगता पहिचानका लागि लगत्तै शिविर सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ ।
बैठकमा कार्यपालिका सदस्य बसन्ता जिसिसंगै स्ट्रीट चाइल्ड अफ नेपालका संरक्षण संयोजक कमला उप्रेती, वरिष्ठ कार्यक्रम संयोजक निलम सुवेदी, प्रदेश फोकल पर्सन रिसिमाया चौधरी, आसमान नेपालका लक्ष्मण थापा लगायतका प्रतिनिधी एवम् सञ्जालमा आवद्ध पत्रकार, प्रहरी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - २१:१६
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...
आषाढ़ ८ गते, २०८३ - २१:१५
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...
आषाढ़ ८ गते, २०८३ - २१:१०
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...
आषाढ़ ८ गते, २०८३ - १९:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...
आषाढ़ ८ गते, २०८३ - १९:४१
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...
आषाढ़ ८ गते, २०८३ - १९:३६
प्रतिवाद गर्ने चेतावनी
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...



प्रतिकृया लेख्नुहोस्: