Ntc summer Offer
Khabar Dabali ४ मंसिर २०८१ मंगलवार | 19th November, 2024 Tue
Investment bank

पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा पर्यटनवृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रुपमा घोषित गर्न माग गरे ।

प्रधानमन्त्री ओलीले सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा आफ्नो आशन्न चीन भ्रमणका क्रममा पर्यटक बढाउने विषयमा चीनलाई आग्रह गर्दै बताए । उनले पोखरामा नियमित अन्तर्राष्ट्रिय  उडानका लागि पहल गर्ने पनि बताए ।

भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, प्रदेशको मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडीलगायत सहभागी थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युक्रेनद्वारा रुसमाथि छवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

मस्को । मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो...

माओवादी केन्द्रकाे विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार अध...

सुनसरीमा स्कारपियोको ठक्करबाट एकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका –२ शिवचोकस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा रामधुनी –९ की ३६ वर्षकी सोनीयाकुमारी चौ...

ऊर्जामन्त्री खड्का र एफएओका प्रतिनिधि शिमिजुबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज...

सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो ...

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

डडेल्धुरा । दाउरा लिन गएको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका –२ गांखेतको डोबरा भन्ने स्थानमा आज अपरान्ह ट्य...

विद्युत वितरण सुदृढीकरणका लागि जर्मनीले दियो १० मिलियन युरो अनुदान

काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ । ...

पक्राउ परेका प्रसाईं सिंहदरबार वृत्तको हिरासतमा

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले म...

बजेट अभावले विकास आयोजना प्रभावित: सभामुख घिमिरे

झापा । सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन् । आफू निर्वाचन भएको दुई वर्ष पुगेकै दिन मंग...

चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?

काठमाडौं । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ । बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy