Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

अबुधाबीमा ड्रोन अवशेष खस्दा ७ नेपाली घाइते, दूतावासद्वारा विवरण माग

खबरडबली संवाददाता

काठमाडौं । अबुधाबी मा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन नेपाली दूतावास यूएई ले पहल थालेको छ। दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालय लाई औपचारिक पत्र पठाएको हो।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री का अनुसार घटनाबारे हालसम्म औपचारिक जानकारी प्राप्त भएको छैन। उनले यूएईका सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि मात्र दूतावासले यस विषयमा जानकारी पाएको बताए।

“हामीले पनि यहाँको सरकारी मिडियाबाट सातजना नेपाली घाइते भएको भन्ने सुनेपछि चासो लिएका हौं,” राजदूत क्षेत्रीले भने, “के भएको हो, घाइतेहरूको अवस्था कस्तो छ र उनीहरूको विवरण के हो भन्नेबारे जानकारी माग्दै विदेश मन्त्रालयलाई पत्र पठाएका छौं।”

उनका अनुसार पठाइएको पत्रको जवाफ अझै प्राप्त भएको छैन। शुक्रबार घटना भएको र त्यसपछि सार्वजनिक बिदा परेकाले सोमबारसम्ममा थप जानकारी आउने अपेक्षा गरिएको छ।

शुक्रबार इरान ले प्रहार गरेको ड्रोनलाई संयुक्त अरब इमिरेट्स को वायु रक्षा प्रणालीले अवरोध गर्दा त्यसका अवशेष अजबान क्षेत्र मा खसेका थिए। उक्त घटनामा ७ नेपाली र ५ भारतीय नागरिक गरी कुल १२ जना घाइते भएका छन्। घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

घटनापछि अबुधाबीका अधिकारीहरूले आपतकालीन टोली परिचालन गरी प्रभावित क्षेत्र सुरक्षित बनाएका थिए भने घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

यसअघि पनि मार्च १९ मा यस्तै अवरोधका क्रममा क्षेप्यास्त्रका अवशेष खस्दा हब्शान ग्यास सुविधा अस्थायी रूपमा बन्द गरिएको थियो। यूएईले उक्त आक्रमणको कडा निन्दा गर्दै संवेदनशील पूर्वाधारमाथि लक्षित आक्रमण अस्वीकार्य भएको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घर फर्किने सपना बीचमै टुट्यो: खोलाले बगायो दुई निर्दोष बालक

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–६ रातामाटामा विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकको खोलाले बगाएर मृत्यु भएको छ। बृद्धि विकास माध्यमिक विद्या...

लिखु–४ जलविद्युत्को वातावरणीय बजेट खर्चमाथि प्रश्न, गाउँपालिकाले माग्यो स्पष्टिकरण

ओखलढुंगा । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनाले वातावरणीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरेको बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ...

लालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका ९४३ जना ऋणीको नामावली सा...

भूमिहीन र सुकुमवासीमाथि ‘डोजर अभियान’ रोक्न सरकारलाई चेतावनी

बुटवल । नेपाल भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशका विभिन्न स्थानमा भइरहेको जबरजस्ती बस्ती हटाउने अभियान तत्काल रोक्न सरकारल...

भायानेटको नयाँ अफर : वाईफाई ६ इन्टरनेट, भायाटिभी र डामी एप सुविधा एउटै प्याकेजमा

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स ले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ ...

एनआई सी एशिया बैंकद्वारा आश्रम र विद्यालयलाई सहयोग सामग्री हस्तान्तरण

काठमाडौं । एनआई सी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा र बाराका एक आश्रम तथा दुई विद्यालयलाई विभिन्न सहयोग ...

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आ...

काठमाडौं–४ मा भोलि वडास्तरीय दौड प्रतियोगिता

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–४ स्तरीय दौड प्रतियोगिताको पाँचौँ संस्करण शनिबार हुने भएको छ ।  प्रतियोगितामा चार सय बढीले प्रतिस्पर्धा गर्ने आयो...

रमा तिवारी हत्या प्रकरण : लेनदेन विवादपछि हत्या, भारतीय नागरिक पक्राउ

झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा (रोमा) तिवारीको हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। हत्या आरोपमा भारतको अररिया...

रास्वपा सांसद ढकाल सवार गाडी दुघर्टना

गुल्मी। गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending