Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

विद्युत वितरण सुदृढीकरणका लागि जर्मनीले दियो १० मिलियन युरो अनुदान

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ ।

मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहयोग महाशाखाका सहसचिव धनीराम शर्मा र नेपालका लागि जर्मनीका राजदुत डा. थोमस प्रिन्जले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जर्मनी सरकारले नेपाललाई अनुदान सहायतास्वरूप १० मिलियन युरो अर्थात १ अर्ब ४६ करोड उपलब्ध गराउने भएको छ । उक्त सम्झौताले नेपालको विद्युत वितरण पूर्वाधारलाई सुदृढ पार्ने र थप प्रभावकारी विद्युत आपूर्ति सुनिश्चित गर्न जलवायु–अनुकूल प्रविधिहरू लागू गर्ने लक्ष्य राखेको छ ।

अनुदान रकम भरतपुर (बागमती प्रदेश), बुटवल-भैरहवा (लुम्बिनी प्रदेश) र पोखरा (गण्डकी प्रदेश) लगायतका नेपालका प्रमुख क्षेत्र विकासका लागि केन्द्रित हुने अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यक्रमले नेपाल विद्युत प्राधिकरणलाई विस्तृत सम्भाव्यता अध्ययन तयार गर्न र विद्यमान विद्युत वितरण प्रणालीलाई आधुनिक, जलवायु स्मार्ट प्रविधिसहितको स्तरोन्नति गर्न सहयोग गर्नेछ ।

सो परियोजना जर्मनीको विकास बैंकमार्फत जर्मन वित्तीय सहयोग एफसीको रूपमा कार्यान्वयन गरिने र आधिकारिक कार्यान्वयनको लागि रेड बुकमा प्रतिविम्वित हुँदै नेपाल सरकारको बजेट प्रणालीमा एकीकृत गरिने सम्झौतामा उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अछाममा ब्राेइलर कुखुराको मासु खाएलगत्तै एकको मृत्यु, तीनजना विरामी

अछाम । अछाममा ब्राेइलर कुखुराको मासु खाएलगत्तै एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर बिरामी परेका छन् । कमलबजार नगरपालिका- ३ बयलाका तुलासिंह विकका १...

अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा नेपाललाई १७ स्वर्ण पदक

भारत । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा आयोजित अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । पुणेस्थित खेलकुद विभाग केन्द्रम...

कपिलवस्तुमा सात लाखभन्दा बढी मूल्यको अवैध औषधी बरामद

कपिलवस्तु । कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपियाँ बराबरको विभिन्न किसिमका औषधीसहित एक जनालाई पक्राउ ...

अमेरिकामा घरबारविहीनको संख्या बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ । देशमा करिब २० वर्षअघि सङ्घीय सरकार...

सहकारीसम्बन्धी जारी नयाँ अध्यादेशमा के छ ?

काठमाडौं । सरकारले जारी गरेको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश लागु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण ...

म्याग्दीका सबै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

म्याग्दी । नेकपा (माओवादी) केन्द्रले म्याग्दीको सबै स्थानीय तहमा तेस्रो पालिका सम्मेलन मार्फत नेतृत्व चयन गरेको छ ।  दुई वटा स्थानीय तहको अध्यक्ष द...

मकवानपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मनहरीबाट कैलाश गाउँपालिका...

स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताएका छन् ।  नेपाल लोकतान्त...

सबैकाे साझा उद्देश्य समृद्ध नेपाल नै हाे: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

ताप्लेजुङकाे कञ्चनजङ्घा भ्रमण गर्ने पर्यटक बढे

ताप्लेजुङ । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटक बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy