Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

हारबाट विचलित नहुन आग्रह, रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने प्रचण्डको घोषणा

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्।

पार्टी बैठकलाई सम्बोधन गर्दै उनले परिणाम सकारात्मक नभएको स्वीकार गरे। “निर्वाचन सम्पन्न भयो। परिणाम हाम्रो पक्षमा सकारात्मक आएन। तर हामी जनताको जनादेशको सम्मान र परिणाम स्वीकार गर्दै सरकारका राम्रा कामहरूको समर्थन एवम् गलत कामको विरोध गर्ने तथा संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौँ,” उनले भने।

प्रचण्डले बाह्र बुँदे सहमति र विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरूबीच एकता र सहकार्यका लागि समन्वय तथा नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे। लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत संविधान निर्माण गर्ने शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

उनका अनुसार पार्टीलाई प्रविधि–मैत्री बनाउँदै माथिदेखि तलसम्म पुनर्गठन गरिनेछ र उक्त प्रक्रिया आगामी महाधिवेशनमार्फत पूर्णता दिइनेछ। साथै कम्युनिस्ट, वामपन्थी र समाजवादी शक्तिहरूसँग एकता प्रक्रियाको अगुवाइ गर्ने तयारीसमेत गरिएको उनले बताए।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचन परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरे। नयाँ परिस्थितिमा उच्च मनोबलका साथ अघि बढ्नुपर्ने र पार्टीमा शुद्धीकरण, पुनर्गठन तथा पुनर्जागरण अनिवार्य भएको उनले बताए।

पार्टीको अर्को बैठक आगामी चैत्र २३ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जनाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...

गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसबाट तीन जना नयाँ मन्त्री

काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र  ऊर्जा, जलस्रोत तथा खानेप...

बिहीबार रास्वपाको संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...

अझै सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...

जनताको भरोसा गुमाउँदा वामपन्थी पराजित हुन पर्याे : खनाल

नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending