काठमाडौं । नेकपा माओवादी केन्द्रले विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको हो ।
जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको सचिव चक्रपाणि खनालले बताए ।
अर्को कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेको उनले जानकारी दिए । यसअघि कात्तिक २६ गते बसेको बैठकले विधानमा देखिएका अस्पष्टता हल गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूलाई तीन दिनको समय दिएका थिए ।
‘मुख्यतः विधान र उपनिर्वाचनको सम्बन्धमा छलफल भयो । गतवर्ष फागुनमा विधान अनुमोदन भएको थियो । हलमा पेस गर्दा जेजति टिप्पणी आए त्यसमा अध्यक्षले जवाफ दिनेबेला विधानमा हटाउने र राख्ने सम्बन्धमा प्रतिबद्धता जनाउनुभएको थियो । त्यही कुरालाई लिपिबद्ध गर्न कार्यदल गठन गरेको हो’, सचिव खनालले भने ।
कार्यदलको दिएको सुझावका आधारमा विधान अनुमोदन गरी निर्वाचन आयोगमा पठाउने निर्णय भएको उनले बताए । आयोगमा पठाउँदा तीन महले बनाएर पठाउनुपर्ने भएको हुनाले विधानमाथि थप छलफल भएको खनालको भनाइ छ । यद्यपि विधान अधिवेशनको हलले गरेको निर्णय तलमाथि नहुने उनले बताए । गत वर्ष फागुन १ देखि ३ गतेसम्म काठमाडौंमा माओवादीको प्रथम विधान अधिवेशन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ४ गते, २०८१ - २१:०९
मस्को । मङ्गलबार युक्रेनले ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य सुविधामा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । यो...
मंसिर ४ गते, २०८१ - २१:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रले विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार अध...
मंसिर ४ गते, २०८१ - २०:५६
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका –२ शिवचोकस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा रामधुनी –९ की ३६ वर्षकी सोनीयाकुमारी चौ...
मंसिर ४ गते, २०८१ - २०:४७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य संगठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज...
मंसिर ४ गते, २०८१ - २०:३४
काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो ...
मंसिर ४ गते, २०८१ - २०:१९
डडेल्धुरा । दाउरा लिन गएको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डडेल्धुराको आलिताल गाउँपालिका –२ गांखेतको डोबरा भन्ने स्थानमा आज अपरान्ह ट्य...
मंसिर ४ गते, २०८१ - २०:०२
काठमाडौं । नेपाल सरकार र संघीय गणतन्त्र जर्मनी सरकारबीच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर भएको छ । ...
मंसिर ४ गते, २०८१ - १९:५१
काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले म...
मंसिर ४ गते, २०८१ - १९:४३
झापा । सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन् । आफू निर्वाचन भएको दुई वर्ष पुगेकै दिन मंग...
मंसिर ४ गते, २०८१ - १९:४०
काठमाडौं । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ । बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्ग...
प्रतिकृया लेख्नुहोस्: