काठमाडौँ । फिल्म‘कबड्डी’ का चर्चित जोडी दयाहाङ राई र रिश्मा गुरुङ लामो समयपछि फेरि एकसाथ आएका छन् । फिल्म ‘रिमै’ मा दयाहाङ र रिश्मा संगै आएका हुन् ।
मंगलबारबाट गोरखाको सिरानचोकमा मुहूर्त गरेपछि फिल्मको छायांकन थालिएको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिएका छन् । दयाहाङ र रिश्माले मुहूर्त सट दिएका थिए ।
अबको एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, भंगेरी, लासे, गोर्खा बजार क्षेत्रमा छायांकन हुने फिल्ममा कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतको पनि अभिनय रहनेछ ।
यसअघि फिल्ममा अभिनेता सौगात मल्लको पनि अभिनय रहने निश्चित थियो । तर, ‘बलिदान’सँग सेड्युल जुधेपछि उनले ‘रिमै’ बाट हात झिकेको बताइएको छ ।
‘रिमै’को निर्मातामा वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले छन् भने सह-निर्माता बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे हुन् । रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ कार्यकारी निर्मातामा छन् । रोहित-रत्न फिल्मका वितरक समेत हुन् । उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गर्नेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १७:०३
काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...
माघ १७ गते, २०८२ - १६:४३
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...
माघ १७ गते, २०८२ - १६:३७
टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...
माघ १७ गते, २०८२ - १६:२९
काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...
माघ १७ गते, २०८२ - १६:०६
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...
माघ १७ गते, २०८२ - १५:५२
काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...
माघ १७ गते, २०८२ - १५:४६
काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...
माघ १७ गते, २०८२ - १४:५३
धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...
माघ १७ गते, २०८२ - १४:३४
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...
माघ १७ गते, २०८२ - १४:०६
नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...



प्रतिकृया लेख्नुहोस्: