तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले बुधबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को बोर्ड बैठकअघि इरानको आलोचना गर्ने प्रस्ताव ल्याउन लागेकामा तीन युरोपेली शक्तिहरूलाई चेतावनी दिएका छन् ।
पछि कूटनीतिज्ञहरूका अनुसार पश्चिमी राष्ट्रहरूले मङ्गलबार मध्यरातपछि एजेन्सीको भियना मुख्यालयमा प्रस्ताव पेश गरेका छन् । बुधबार मन्त्रालयको विज्ञप्तिअनुसार अराघचीले आफ्ना फ्रान्सेली समकक्षी जीन–नोएल बारोटसँग कुरा गर्दै ‘जर्मनी, फ्रान्स र बेलायतका तीन देशले मस्यौदा पेस गर्ने निर्णयको कडा निन्दा गरे र यसले ‘मामिलालाई अझ जटिल मात्र बनाउनेछ’ भन्दै चेतावनी दिए ।
कूटनीतिज्ञहरूले पेरिस, बर्लिन र लन्डनले बिहीबार मतदानका लागि प्रस्ताव पेस गर्ने योजना बनाएको बताएका छन् । उनीहरूका अनुसार प्रस्तावित निन्दा इरानलाई आणविक नियमहरूको पालना गर्न र आइएइएको दीर्घकालीन चिन्ताहरूलाई सम्बोधन गर्न कूटनीतिक दबाब बढाउने आवश्यकताले प्रेरित छ ।
अराघचीले आफ्नो टेलिफोन वार्तामा युरोपेली शक्तिहरूको यो कदम ‘इरान र एजेन्सीबीचको अन्तरक्रियामा सिर्जना भएको सकारात्मक वातावरणसँग स्पष्ट विरोधाभास’ भएको पनि बताए । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसी नोभेम्बर १३ मा दुई दिने भ्रमणका लागि तेहरान पुगेर फोर्डो र नतान्जमा रहेका इरानका प्रमुख संवर्धन स्थलहरूको भ्रमण गरेका थिए । इरानले यस भ्रमणलाई सकारात्मक मानेको थियो ।
तर इरानी आणविक प्रमुख मोहम्मद एस्लामीले आफ्नो आणविक कार्यक्रमलाई लक्षित गर्ने कुनै पनि ‘हस्तक्षेपकारी प्रस्ताव’ विरुद्ध चेतावनी दिँदै ‘तत्काल प्रतिकार्य’ को धम्की दिएका छन् । एजेन्सीले मङ्गलबार एएफपीले देखेको एक गोप्य प्रतिवेदनअनुसार इरानले अत्यधिक समृद्ध युरेनियमको भण्डार विस्तार रोक्ने दिशामा कदम चालेको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: