मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडाको वडाअध्यक्ष पदका लागि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । बुधबार (आज) निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो ।
गत आइबार १४ जनाले मनोनय दर्ता गराएकोमा १२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको हो । जसमा नेकपा एमालेका राजेश नगरकोटी, नेपाली कांग्रेसका अर्जुन तिवारी, नेकपा माओवादी केन्द्रका रविन प्रधान, राष्ट्रिय स्वतन्त्र पार्टीका आशाबीर बल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोन, नेकपा एकीकृत समाजवादीका बलराम बल, नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार फूलमाया तितुङको नाम प्रकाशन गरिएको छ। यस्तै, जनता समाजवादी पार्टीका छविलाल वाइवा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीकी दीपा लामाको नाम प्रकाशन भएको छ भने तीनजना स्वतन्त्र उम्मेदवारको नाम सार्वजनिक गरिएको छ ।
जसमा गीता कुमारी नेवार, अर्जुन घलान र छत्र प्रकाश अधिकारीको नाम सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिइन् । मंसिर २ गते आइतबार मनोनयन दर्ता गराएका १४ जनामध्ये दुइजना स्वतन्त्र उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका हुन् । जसमा कुमार पोखरेल र युनेश लामा सिंतानले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत भट्टराईले बताइन् ।
उनका अनुसार उम्मेदवारहरुको अन्तिम नामावली सहित उम्मेदवारहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ५ गते, २०८१ - २०:४७
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थातित्व, सुशासन, विकास र समृद्धिका बारेमा आमजनतालाई सुसूचित गराउने उद्देश्यले यही मङ...
मंसिर ५ गते, २०८१ - २०:२५
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन संविधान संशोधन हुने बताएका ...
मंसिर ५ गते, २०८१ - २०:०७
काभ्रे । मर्मत कार्यका लागि वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको छ । बुधबार सडक डिभिजन कार्यालय भक्तपुरले सूचना प्रकाशि...
मंसिर ५ गते, २०८१ - २०:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीमा गरेको बचत फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले राजधानीमा गरेको शान...
मंसिर ५ गते, २०८१ - १९:५६
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी मंसिर १६ गते हुने स्थान...
मंसिर ५ गते, २०८१ - १९:५१
कैलाली । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । नागरिक उन्मुक्ति पार्टीबाट मन...
मंसिर ५ गते, २०८१ - १९:४०
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकारले देशमा ऐतिहासिक...
मंसिर ५ गते, २०८१ - १९:३१
गुल्मी । कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एककाे शव फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्वेनीका ४९ वर्षीय दीपेन्द्र न्यौपा...
मंसिर ५ गते, २०८१ - १९:०४
काठमाडौं । भारतको दिल्लीमा वायु प्रदूषणको 'गम्भीर' स्तरलाई ध्यानमा राख्दै, दिल्ली सरकारले सबै सरकारी विभागहरूमा ५० प्रतिशत कर्मचारीलाई 'वर...
मंसिर ५ गते, २०८१ - १९:०१
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडाको वडाअध्यक्ष पदका लागि मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको ...
प्रतिकृया लेख्नुहोस्: