काठमाडौं । भारतको दिल्लीमा वायु प्रदूषणको 'गम्भीर' स्तरलाई ध्यानमा राख्दै, दिल्ली सरकारले सबै सरकारी विभागहरूमा ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागू गरेको छ ।
दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल राईले दिल्ली सरकारले राज्यमा प्रदूषण नियन्त्रण गर्न धेरै कदम चालिरहेको बताउदै आधा कर्मचारीलाई‘वर्क फ्रम होम’ लागु गरिएको जानकारी दिएका छन् ।
उनले भनेका छन्- 'दिल्ली सरकारअन्तर्गतको आपतकालीन विभागबाहेक सबै विभागमा ५० प्रतिशत काम घरबाटै गर्ने निर्णय भएको छ ।' उनले दिल्ली सरकारले निजी क्षेत्रका कम्पनी र कार्यालयहरूलाई पनि ५० प्रतिशत ‘वर्क फ्रम होम' लागू गर्न सुझाव दिएको बताए ।
यस बाहेक, दिल्ली सरकारले कार्यालयको समय परिवर्तन गर्न र कर्मचारीहरूको सुविधाका लागि शटल बस सेवा प्रयोग गर्न पनि सुझाव दिएको छ । जाडो मौसममा दिल्लीको वायुमा प्रदुषणको स्तर दिनानुदिन बढिरहेको छ । बुधबार दिल्लीको वायुमा प्रदूषणको स्तर ‘गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको थियो ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार बुधबार दिउँसो ४ बजे सबैभन्दा बढी प्रदूषित हावा बवाना क्षेत्रमा रहेको थियो । अपराह्न ४ बजे बवानामा एक्यूआइ ४५९ रेकर्ड गरिएको थियो । यसलाई वायु प्रदूषणको ‘गम्भीर’ श्रेणी मानिन्छ । बवाना बाहेक, दिल्लीका अन्य धेरै क्षेत्रमा एक्यूआई ४०० र ५०० को बीच रेकर्ड गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: