दाङ । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो। उनले यो पेसा गर्न थालेको आठ वर्ष भयो। विगत लामो समयदेखि गर्दै आएको व्यवसायप्रति इन्द्रा खुसी छन्। सुरुका दिनमा फूलको व्यावसायिक खेती गर्दा छिमेकीले फूल पनि बेच्ने भनेर गिज्याउने गरेको उनीसँग अनुभव छ।
‘पछिल्लो समय स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्नेको सङ्ख्या बढ्दै गएको छ’, उनले भने, ‘जसका कारण यसवर्ष फूलमाला बिक्री गर्न कुनै समस्या भएन।’ इन्द्राको बारीमा चाडपर्वको समयमा मात्रै नभइ अघिपछि पनि सयपत्रीको फूल फूलिरहेको हुन्छ। जिल्लामा हुने विभिन्न सभा, सम्मेलन, विद्यालयमा हुने कार्यक्रम लगायतमा पनि फूल लैजाने गरेको उनी बताउँछन्।
उनी यस वर्षको तिहारमा मात्रै खर्च कटाएर रु पाँच लाख बचत गर्न सफल भएका छन्। आठ हजार माला काठमाडौँ, स्याङजा, पोखरा, धनगढी, बुटवल पठाएको र धेरैजसो जिल्लामै बिक्री गर्ने गरेको इन्द्राले बताए। फूलमाला टिप्दा, उन्दा आफ्ना आफन्तले सहयोग गर्ने भएकाले त्यति धेरै खर्च नहुने उनको भनाइ छ। उनले फूलखेतीबाट पनि यसरी पैसा कमाउन सकिएला भनेर आफूले सुरुवातका दिनमा नसोचेको बताए।
उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गर्दै आएका छन्। ‘विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु, विशेषगरी तिहारलगायत चाडपर्वका बेलामा बढी माग हुन्छ’, उनले भने। यसपटक पनि राम्रो आम्दानी भयो, आगामी दिनमा अझै क्षेत्रफल बढाउने योजना उनको छ। लगानी पनि धेरै नलाग्ने र अन्य खेतीभन्दा धेरै मेहनत गर्न नपर्ने भएकाले फूलखेती राम्रो हुँदै गएको उनले बताए। यस वर्षको तिहारमा रु १०० देखि २०० सम्म मालाको आकारअनुसार बिक्री गरेको इन्द्राले बताए।
‘स्थानीय उत्पादनको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएकाले बिक्रीमा समस्या छैन’, उनले भने,’सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ।’ बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उनले भने।
इन्द्रा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि यसको माग पनि उत्तिकै बढेकाले बजारीकरणको समस्या नहुने बताए। आजभोलि विवाहलगायत अन्य कार्यक्रमका लागि पनि मागका आधारमा माला बनाउने गरेको उनले बताए।
सरकारी स्तरबाट पनि फूलखेती गर्न चाहाने किसानलाई तालिमलगायत अन्य कृषि औजार, अनुदानका कार्यक्रम ल्याएमा अझ सहज हुने उनले बताए। साथै प्लास्टिकजन्य मालालाई पनि पूर्ण रुपमा प्रतिबन्ध लगाउन आवश्यक रहेको उनी बताउँछन्। पहिलेको तुलनामा केही परिवर्तन भए पनि अझ पर्याप्त नभएको उनको भनाइ छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - १६:३९
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन नतिजा सार्वजनिक भएको ठाँउमा समानुपातिकतर्फ मतगणना गरिरहेको छ । शनिबार दिउँसोसम्म आयोग...
फाल्गुन २३ गते, २०८२ - १६:२६
जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् ।...
फाल्गुन २३ गते, २०८२ - १६:२५
इलाम । इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । इलाम-१ मा एमाले उम्मेदवार काजीमान कागतेले अग्रता लिँदा इलाम-२ मा सु...
फाल्गुन २३ गते, २०८२ - १६:१३
काठमाडौं । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् । उक्त क्षेत्रमा ...
फाल्गुन २३ गते, २०८२ - १०:४२
रामेछाप । रामेछापकाे पछिल्लाे मत गणना अनुसाार नेकपा र कांग्रेसबीच कडा टक्कर भएकाे छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेप...
फाल्गुन २३ गते, २०८२ - १०:२९
दैलेख । दैलेख–१ बाट १२ वर्षपछि नेपाली कांग्रेसले पुनः विजय हासिल गरेको छ। ४५ वर्षीया महिला नेता बासना थापा ले नेकपा (एमाले) का रवीन्द्रराज शर्मा लाई ५...
फाल्गुन २३ गते, २०८२ - १०:०६
विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी ...
फाल्गुन २३ गते, २०८२ - ०९:५८
ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा रास्वपाका जगदीश खरेल विजयी भएका छन्। ११ हजार ५४७ मत ल्याएर खरेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जन...
फाल्गुन २३ गते, २०८२ - ०९:३५
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को लामो समयदेखिको प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
फाल्गुन २३ गते, २०८२ - ०९:२५
परिवर्तनको पुनरावृत्ति कि नयाँ राजनीतिक अध्याय?



प्रतिकृया लेख्नुहोस्: