काठमाडौं। एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’ शीर्षकको अवार्ड प्राप्त गर्दै ठूलो उपलब्धि हासिल गरेको छ ।
यो प्रतिष्ठित सम्मान एजेन्स एक्सिलेन्स अवार्ड २०२४ अन्तर्गत यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटिएस) ले प्रदान गरेको हो ।
यो पुरस्कारले दक्षिण एशियामा शैक्षिक परामर्श सेवामा उत्कृष्टता, विद्यार्थी सहयोग तथा विश्वव्यापी साझेदारीमा ई–प्लानेटको सफलतालाई सम्मानित गरेको ई–प्लानेटले एउटा प्रेस विज्ञप्ती जारी गर्दै बताएको छ ।
यो पुरस्कार यूनिभर्सिटीका डेपुटी भाइस–चान्सलर तथा भाइस–प्रेसिडेन्ट (इन्टरनेशनल) इयान वाट तथा प्रो भाइस–चान्सलर (ग्लोबल पार्टनरसिप्स) लियो मियान लिउद्वारा ई–प्लानेटलाई प्रदान गरिएको हो । यो सम्मानलाई ई–प्लानेटले आफ्नो समर्पण, विद्यार्थीहरुको विश्वास तथा उत्कृष्ट शैक्षिक अवसर प्रदान गर्ने मिशनको प्रतिकको रुपमा लिएको जनाएको छ ।
‘यूटिएसबाट यो प्रतिष्ठित सम्मान प्राप्त गर्नु हाम्रो लागि गर्व र गौरवको कुरा हो । यसले हाम्रो टोलीको निरन्तर प्रयास, विद्यार्थीहरु तथा साझेदारहरुको विश्वास तथा दक्षिण एशियाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई प्रतिविम्बित गर्छ,’ ई–प्लानेटका कार्यकारी निर्देशक नयन लामिछानेले बताएका छन् ।
ई–प्लानेटले यो वर्ष आफ्नो २०औं वार्षिकोत्सव मनाइरहेको अवस्थामा यो पुरस्कारले संस्थाको यात्रामा अर्को एउटा महत्वपूर्ण उपलब्धि बनेको उल्लेख गर्दै यसले क्षेत्रीयस्तरमा शिक्षामूलक परामर्श सेवामा अग्रणी स्थानलाई अझ मजबुत बनाएको जनाएको छ ।
सन् २००५ मा स्थापना भएको एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले विदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएको छ । प्रमुख विश्वव्यापी संस्थाहरूसँगको साझेदारी र विद्यार्थीहरूको सफलताप्रति प्रतिबद्धताका साथ इ–प्लानेटले हजारौं विद्यार्थीहरूलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया र अन्य देशहरूमा सफलतापूर्वक पठाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: