Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

साक्षरता कार्यक्रमले शिक्षकलाई नयाँ दिशा प्रदान, बालबालिकामा पढ्ने रुची विकास

खबरडबली संवाददाता

सल्यान । सामुदायीक विद्यालयमा प्रारम्भीक कक्षाको पढाई सुधार गर्न सल्यानमा साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

यो कार्यक्रम विशेष गरी कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढ्ने र बुझ्ने क्षमता विकास गर्न तथा शिक्षा प्रणालीलाई दिगो बनाउन स्थानीय तहहरूसँगको सहकार्यमा सञ्चालित छ । साक्षरता कार्यक्रमको प्रभाव स्वरुप प्रारम्भिक कक्षामा पढ्न र लेख्न सक्ने बालबालिकाको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको शिक्षक, अभिभावक तथा जनप्रतिनिधीहरु बताउँछन् ।

प्रशिक्षित शिक्षकहरूले बालबालिकालाई सक्रिय र सहज तरिकाले अध्ययनमा सहभागी गराउने भएकाले साक्षरता कार्यक्रमले कक्षा १ देखी ३ सम्मका शिक्षकहरुलाई तालिम प्रदान गरेको छ । 

यस वर्षदेखी परिक्षणको रुपमा कक्षा ३ का शिक्षकलाई पनि शैक्षणिक तालिम सञ्चालन गरिएको साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र वलीले जानकारी दिए । उनका अनुसार कक्षा २ का शिक्षकलाई पनि हालै तालिम प्रदान गरिएको छ भने विहिबार देखी कक्षा १ का शिक्षकहरुलाई शैक्षणिक तालिम सुरु भएको छ ।

जिल्लाको श्रीनगरमा एक कार्यक्रमका विच छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले तालिमको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले शिक्षकले आफ्नो भूमिका मार्फत समाजको अनुहार परिवर्तन गर्न सक्ने भएकाले बालबालिकाको साक्षरता स्तर सुधार गर्न जिम्मेवारीपूर्वक प्राप्त ज्ञान, सीपलाई उपयोग गर्न आग्रह गरे । 

दलित विकास समाज सल्यानका उपाध्यक्ष झिन बहादुर नेपालीले सबैको साझा प्रयासबाट शिक्षा क्षेत्रको विकास गर्न सकिने धारणा व्यक्त गरे । तालिममा छत्रेश्वरी गाउँपालिकाका ६, त्रिवेणीका ६, दर्माका ३ र बागचौर नगरपालिकाका ९ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ ।

बालमैत्री र प्रभावकारी शिक्षण पद्धति लागू गर्न शिक्षकहरूलाई प्रशिक्षण सञ्चालन गरिएको जनाउदै साक्षरता कार्यक्रमले विद्यालयहरूमा बालमैत्री पुस्तकालय स्थापना गरी गुणस्तरीय पाठ्यसामग्री उपलब्ध गराउने, बालबालिकालाई पढ्ने संस्कार र रुचि विकास गर्न उत्प्रेरणा प्रदान गर्ने तथा कार्यक्रमलाई दिगो र सुदृढ बनाउन स्थानीय सरकार, सरोकारवाला र समुदायसँग सहकार्य गर्दै आइरहेको जनाएको छ ।

१० प्रतिशत विद्यार्थीले कत्तिपनि शब्द पढ्न नसक्ने अवस्था

यही कार्तिक २६ देखी २९ सम्म कक्षा ३ को शैक्षणिक तालिम परिक्षणको रुपमा सञ्चालन गरिएको जनाउदै साक्षरता कार्यक्रमले यस तालिममा पाठ्यक्रम विकास केन्द्र र रुम टु रिडले कक्षा ३ को लागि सिकाइ सहजिकरण सामग्री तथा सन्दर्भ पठन सामग्री निर्माण गरेकाले त्यसबारे अभिमुखिकरण गरिएको जनाएको छ । ‘एकिकृत पाठ्यक्रममा आधारित भएर तालिम सञ्चालन गरेका हौँ’, कार्यक्रम अधिकृत वलीले भने, ‘कक्षा ३ मा विद्यार्थीले प्रतिमिनेट ४५ शब्द पढ्न सक्नुपर्ने भएपनि प्रारम्भीक पठन सीप तथा गणीतीय मापन २०२० को प्रतिवेदन अनुसार १० प्रतिशत विद्यार्थीले कत्तिपनि शब्द पढ्न नसक्ने अवस्था भएकाले सुधारका लागि शिक्षकलाई तालिम प्रदान गरिएको हो ।’ यो तालिमले कक्षा ३ मा शिक्षक निर्देशिका र अभ्यास पुस्तकलाई सरलबाट जटिलतीर तादम्यता मिलाई शिक्षण गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । बागचौरका ९, छत्रेश्वरीका ६, त्रिवेणीका ६ र शारदाका ३ विद्यालयका शिक्षकलाई तालिम प्रदान गरिएको थियो ।

यस्तै गत आइतबार देखि बुधबारसम्म कक्षा २ का शिक्षकहरुलाइ तालिम प्रदान गरिएको थियो । उत्तरविसंकेतन चरणका क्रियाकलापहरुमा केन्द्रीत रहेर कक्षाकोठामा छापामय र साक्षरतायुक्त वातावरण निर्माण गरेर शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि यो तालिम सञ्चालन गरिएको थियो । तालिममा बागचौर नगरपालिकाका ९, छत्रेश्वरी गाउँपालिकाका ६, त्रिवेणीका ६, दर्माका ३ विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिम अवलोकन, निरिक्षण गरेका त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत, शिक्षा शाखा प्रमुख गणेश आचार्य , शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख विष्णु बेलबासे, शारादा नगरपालिका शिक्षा अधिकृत संगिता बुढा, दलित विकास समाजका कार्यवाहक अध्यक्ष हेमराज विक, संरक्षक निम नेपाली लगाएतले बालबालिकामा पढ्ने रुचि र संस्कार विकासमा साक्षरता कार्यक्रमले सकारात्मक परिणाम दिन थालेको धारणा व्यक्त गरेका छन् ।

योजनाबद्ध शिक्षणका लागि भाषा शिक्षकलाइ नयाँ सीप

बालमैत्री शिक्षण विधि, प्रभावकारी कक्षाको व्यवस्थापन र बालबालिकाको बुझाइ सुधार गर्ने उपाय समावेश गरेर प्रदान गरिएको तालिमले शिक्षकहरुमा नयाँ ज्ञान र सीपको विकास भएको पाइएको साक्षरता कार्यक्रम सल्यानका संयोजक उमेश खरेलले जानकारी दिए । जानकी मावि दोहली, छत्रेश्वरी ३ का शिक्षक रुपा वली, शारदा आवि, शानपा १ चैवांगका शिक्षक लक्ष्मी वली र शिशु जागरण मावि, बागचौर नगरपालिका ९ का शिक्षक शिला कुमारी योगीले तालिमबाट धेरै महत्वपूर्ण विषयमा जानकारी मिलेको भन्दै अवदेखि व्यवस्थित र योजनाबद्ध रुपले शिक्षण गर्न सकिने क्षमता विकास भएको अनुभव सुनाए ।

सिकाईमा कठिनाइ झेलीरहेका बालबालिकाहरुलाई सहयोग पुर्याउने, साक्षरतायुक्त वातावरणका लागि स्थानीय सिकाइ सामग्रीको विकास तथा प्रारम्भीक कक्षामा शिक्षकहरुको शिक्षण कौशल बढाउने, कक्षा कोठामा शिक्षक निर्देशिकाको प्रयोग मार्फत बालवालिकामा पठन सीप विकास गर्ने लगाएतका उद्देश्य सहित साक्षरता कार्यक्रमले भाषा शिक्षकहरुलाई तालिम प्रदान गरेको हो ।

शारदा र बागचौर नगरपालिका, छत्रेश्वरी, त्रिवेणी र दार्मा गाउँपालिका तथा रुम टु रिडको साझेदारी, शिक्षा विकास तथा समन्वय इकाइको समन्वय एवम् दलित विकास समाज सल्यानको व्यवस्थापनमा जिल्लाका ६८ विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ । आफ्नै लगानीसहित रुम टु रिडको प्राविधिक सहयोगमा शारदा नगरपालिकाले १५ र बागचौर नगरपालिकाले १० वटा विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending