काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिशेष निर्देशन आए अनुसार विभिन्न अन्तर्राष्ट्रिय उडानमा छुट दिने घोषणा गरेको जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भएको कारण तत्कालिन अवस्थामा विभिन्न वायुसेवाहरुको हवाई उडानहरु कटौति भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपलीहरुको महान् चाडपर्व समेत परेकोले हवाई भाडादर बढेको भनिएको भएपनि आफ्नो भाडा दर अघिल्लो बर्षको भाडादरको दायरा भित्र नै रहेको दाबि गरेको छ ।
निगमले नियमानुसार उपलव्ध गराएको दरभन्दा वढि मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्वन्धित सवैमा अनुरोध गरेको छ छ ।
नेपाल एयरलाइन्सले दिल्ली, मुम्वई र वैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय छुट दिने घोषणा गरेको छ भने दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, वैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिएको जनाएको छ ।
एयरलाइन्सले उपरोक्त छुट जहाजको सिट उपलव्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने र सो को लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनु पर्ने जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिख सम्मको अवधिमा सम्वद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस भनि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा निगमको काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्वुदरोग भएका विरामीलाई सत प्रतिशत छुट, ३३ जना निज विरामीहरुका कुरुवाहरुलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकारी दिएको छ । त्यसैगरी २१ जना सरकारी कर्मचारीहरुलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको जानकरी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: