Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र

खबरडबली संवाददाता

भैरहवा । आगामी मंसिर २० देखि भैरहवामा सुरु हुने लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी तिव्र पारिएको छ । आर्थिक मन्दीले सिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने र भैरहवासहित सिंगो लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई बढवा दिने उद्देश्यले सिद्धार्थ उद्योग बाणिज्य संघले महोत्सव आयोजना गरेको हो । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवलाई सफल बनाउन संघले अहिले तयारीको कामलाई तिव्रता दिएको छ ।

संघका महासचिव कृष्णप्रसाद घिमिरेले महोत्सव नयाँ उद्यम गर्न चाहनेका लागि कलेज भएको बताए । ‘यहाँ आएर नयाँ उद्यम गर्न चाहनेले उद्यमशीलता बन्ने उपाय र योजना सिक्न सक्छन्’, महासचिव घिमिरेले भने, ‘व्यापार गरिरहेकाहरुका लागि यो मेला शिक्षा हो । जो ब्यापार गरेर स्थापित हुनुभएको छ, उहाँहरुका लागि यो अध्ययन हो ।’ उनले मेला भर्न आउने सबैले कुनै न कुनै किसिमले ब्यापारसम्बन्धी ज्ञान पाउने जनाए ।

अहिले मुलुकको आर्थिक अवस्था दयनीय हुँदा समेत चुनौतीलाई अवसरमा बदल्नका लागि आफूहरुले ब्यापार मेलामार्फत् केही अवसरहरु सिर्जना गर्न खोजेको संघले जनाएको छ । ‘उद्योगी–ब्यवसायीको आर्थिक अवस्था दयनीय भएकाले मेला–महोत्सव आयोजना गर्नका लागि अहिलेको परिस्थिति अनुकुल थिएन । तर, स्थानीय व्यवसाय प्रबद्र्धनका लागिे महोत्सव एक विकल्प हुनसक्छ भनेर हामीले महोत्सव आयोजना गरेका हौं’, संघका कोषाध्यक्ष कमलप्रसाद मरासिनीले भने, ‘महोत्सव सकिँदा बजारमा केही मात्रामा साकारात्मक संचार पैदा गर्छ भन्ने विश्वास लिएका छौं ।’

उनले मन्दीका कारण हत्तोसाहित भएर बसेका ब्यासायीलाई महोत्सवले थोरै भए पनि राहत दिने बताए । ‘धेरै व्यापारीमा अहिले निराशामात्रै देखिन्छ । तर, महोत्सवमा क्रेता र विक्रेताबीच प्रत्यक्ष भेटघाट हुने भएकाले केही आशा सिर्जना गर्छ । व्यापार हुँदा र उपभोक्तासँग प्रत्येक्ष कुराकानी गर्दा व्यवसायीमा पनि उत्साह हुन्छ भन्ने हाम्रो विश्वास हो’, कोषाध्यक्ष मरासिनीले भने । उनले महोत्सव ब्यापार बृद्धिसँगै एकअर्काबीच समस्याहरु आदानप्रदान गर्ने थलो समेत भएको बताए ।

‘यो महोत्सव हामीले नाफा कमाउने उद्देश्यले आयोजना गरेका होइनौं’, उनले भने, ‘स्थानीय व्यवसायको प्रबद्र्धन गर्नका लागि निरन्तरता दिएका हौं । महोत्सव अवधिमा स्थानीय उत्पादन तथा व्यवसाय प्रबद्र्धन गर्नका लागि विभिन्न बिषयगत बिज्ञसहितको अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेर महोत्सवलाई सार्थक बनाइने छ ।’

महोत्सवले स्वदेशी तथा गुणस्तरीय बस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाइ सीमावर्ती बजारहरुमा पाइने सामानहरुबीचको तुलनात्मक मूल्यका वारेमा जानकारी दिने र स्थानीय स्तरमा उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीको बजार प्रबद्र्धन गर्ने बिश्वास लिइएको उनले जनाए ।

रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रको विभिन्न जाती तथा समुदायको कला संस्कृतिको संरक्षण गर्दै बिशेष गरि सिद्धार्थनगर र लुम्बिनीमा देशको आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धन गर्ने, विभिन्न जिल्लाका मौलिक तथा बिशिष्टता पहिचान भएको बस्तु तथा उत्पादनको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने मुख्य उद्देश्य यस महोत्सवको रहेको संघका सचिव समेत रहेका प्रचारप्रसार संयोजक मंगल भण्डारीले बताए । उनले अहिले महोत्सवको प्रचारप्रसारलाई तिव्रता दिइएको जनाए । जिल्ला सहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न माध्यमबाट प्रचारप्रसार गरी अधिकतम दर्शक भित्र्याउने प्रयास भइरहेको उनले जनाए ।

उनले महोत्सव सफल वपार्न आयोजक सिद्धार्थ उद्योग बाणिज्य संघको मात्र नभएर यस क्षेत्रका पुरै स्थानीयबासीको महत्वपूर्ण भूमिका रहने बताए । महोत्सवको अवलोकन गर्नका लागि उत्साहित बनाउने बतावरण तयार गर्न भैरहवाबासीलाई उनले आग्रह गरे । ‘महोत्सवमा उपभोक्ता र उत्पादक एवं किसानहरुको प्रत्येक्ष भेटघाट हुने भएकाले यस भेगमा उत्पादित कृषिजन्य बस्तुहरु माछा, कुटिर तथा घरेलु र राष्ट्रिय स्तरका उद्योगहरुबाट उत्पादित उत्पादनहरुको विशेष प्रस्तुतीकरण गरिनेछ’, भण्डारीले भने, ‘यसबाट नयाँ उद्यमीहरुको विकास र कृषिको व्यवसायिककरण पनि हुनेछ । यसैले सबैजना मेला भर्न आउनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा संघको छ । संघले २०६१ सालदेखि भैरहवामा मेला महोत्सव आयोजना गर्न सुरु गरेको हो । यसअघि आठौपटक सफलतापूर्वक महोत्सव आयोजना गरेको संघले नवौं महोत्सव पनि सफल र भव्य बनाउने जनाएको छ । मर्चवारदेखि मुस्ताङसम्मका उत्पादन महोत्सवमा राखिने संघले जनाएको छ । महोत्सवमा कृषि, पर्यटन, अटो मोबाइल्स, आईटी, घरेलु उत्पादनको विशेष प्रबद्र्धन गरिनेछ । यस्तै, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती रहनेछ ।

पुस १ गतेसम्म चल्ने महोत्सवमा सिमावर्ती भारतीय सहरबाट पनि सहभागिता रहने भएकाले पर्यटन प्रबद्र्धन तथा आर्थिक गतिबिधि चलायमान हुने विश्वास लिइएको छ । महोत्सव अवधिमा बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित रहेका तिलौराकोट, देवदह, रामग्राम जस्ता पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा बिशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था मिलाइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले बैठकमै प्रहरीको इन्ट्री, विष्णु पौडेल पक्राउपछि कर्णालीमा तरंग।

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सोमबार सुर्खेतमा पार्टीको कार्यक्रम चलिरहेकै बेला प्रहरीले नियन्त्रणमा लिएको छ। चुनावी समीक्षा...

मोटरसाइकलले ठक्कर दिँदा बारामा तीन जनाको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट व...

कोटेश्वरमा कारको ठक्कर : चार मोटरसाइकलमा क्षति, पाँच जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा.१४...

आरजुमाथि तत्काल मुद्दा नचल्ने, अख्तियारले छुट्टै अनुसन्धान अघि बढाउने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...

विष्णु पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...

कांग्रेस नेता खरेलकाे निधन

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी  केही वर्षदेखि ‘दम’ रोगबाट...

आफ्नै कार्यकर्तादेखि सतर्क, बन्द सत्रमा बाउन्सर र मेटल डिटेक्टरको पहरा

काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...

एमालेभित्रको बहस : ‘पुनर्गठन’को संकेत कि नयाँ सहमतिकाे खोजी ?

काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...

लुम्बिनी प्रदेशसभा बैठकः आजदेखि बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची

लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending