Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रिपाहा घाटमा झोलुङ्गे पुल निर्माण

खबरडबली संवाददाता

रामपुर। लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी अरुणखोलाको रिपाहा घाटमा झोलुङ्गे पुल निर्माण भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुरको मध्यविन्दु नगरपालिका–१४ झोलुङ्गे जोड्ने १७५ मिटर लामो पुल निर्माण भएको हो ।

पुल निर्माण सम्पन्न भएसँगै लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेको छन । पुल उद्घाटन गर्दै श्रेष्ठले पुलले दुई प्रदेशको सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै यहाँका जनताको आर्थिक समृद्धिमा थप टेवा दिने बताए । रिपाहा घाट वरपर रहेका स्थानीयको समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए।

पुलको निर्माणले निस्दी र मध्यविन्दुका जनतालाई आवतजावत गर्न सहज हुनुका साथै अरुण खोला वारीपारी रहेका खेतीयोग्य जमिनको सदुपयोगमा टेवा पुग्ने निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। मध्यबिन्दु १४ का वडा अध्यक्ष मिनबहादुर दर्लामीले स्थानीयको समस्यालाई पहिचान गरी निर्माण भएको झोलुङ्गेपुलले ठुलो राहत दिएको बताए। पुल निर्माणले निस्दीको रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र मध्यबिन्दुको झोलुङ्गे, सारुडाँडा, द्वारी आसपासका  उपभोक्तालाई सहज हुने निस्दी ४ का वडा अध्यक्ष सन्तविर सुनारीले जानकारी दिए।

निस्दी गाउँपालिकाका लेखाअधिकृत सरोज काफ्लेका अनुसार पुल निर्माण एक करोड ३७ लाख ६७ हजार (२) रुपियाँको लागतमा सम्पन्न भएको हो । शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग अन्तर्गतको सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले पुल निर्माणका लागि भ्याटसहित एक करोड ८४ लाख ८९ हजार ३१६ रुपियाँमा ठेक्का आह्वान गरेको थियो । निर्माण कम्पनी तामाकोशी जेके जेभीले २०७९ असार २४ गते २०८१ कार्तिकमा सम्पन्न गर्ने गरी एक करोड ३७ लाख ६७ हजार (२)रुपियाँमा सम्झौता गरी पुल निर्माण गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको अभिमुखीकरण कार्यक्रमको सुरु हुँदै

काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक...

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते

उदयपुर। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...

ढोरपाटनमा फैलिएको दादुरा नियन्त्रणमा आएन

बागलुङ। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएक...

मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम...

ट्रम्प र सीबिच शिखर वार्ता हुने

काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएको छन् । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नया...

हावाहुरी र चट्याङको जोखिम आज पनि कायम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज अपराह्नपछि हावाहुरी चल्न...

कालीगण्डकी नदीमा अवैध दोहन

बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहन...

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: