काठमाडौं। बाल मानव अधिकारकर्मीहरुको राष्ट्रिय भेला सम्पन्न भएको छ । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा शनिबार सुरु भएको उक्त सम्मेलन २५ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् (जीएनबी) र बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एशियाली पहल (साइवाग) रहेका थिए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त कार्यक्रमको समापन गरेको थिए । कार्यक्रममा बोल्दै मन्त्री साहले बालबालिकाहरु भोलिका कर्णधार भएको भन्दै अहिलेको बालबालिकामा भोलिको सुन्दर नेपालको नेतृत्वकर्ता देखिरहेको बताए । उनले महिला हिंसाविरुद्ध १६ दिने अभियान समेत सुरु भएको भदै उनले सम्मेलनमा सहभागी बालबालिकालाई उमेर नपुगी विवाह नगर्ने र दाइजो नलिने नदिने प्रतिज्ञा गर्न आग्रह समेत गरे।
उनले कम उमेरमा विवाह गर्ने कानुन २० वर्ष अघि नै बनेको भन्दै कानुनले मात्रै समस्या समाधान नहुने बताए।
कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले सम्मेलनले जारी गरेको २५ बुँदे घोषणापत्रलाई परिषदले कार्यान्वयन गर्ने बताए । उनले बालबालिकालाई तेस्रो आँखाबाट क्रियटिभ थिङ्किङ गर्न आग्रह समेत गरे। उनले फिनल्याण्डमा ३२ वर्षको उमेरमा प्रधानमन्त्री भएको उदाहरण दिँदै अहिलेका बालबालिकाहरू त्यो अनुहार देखिरहेको बताए।
कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले एउटा चियापसलमा बनेको योजनाले भव्य सम्मेलन आयोजना गर्न सम्भव भएको भन्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए। समापन कार्यक्रममा साइवागका महासचिव रिञ्चेन छोपेल, एनएसीजी नेपालकी ऋतु भट्टराई लगायत आयोजक संस्थाका प्रतिनिधि, बाल अधिकारकर्मी र सातै प्रदेशबाट आएका बालबालिकाहरु समेतको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - ११:४५
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक...
चैत्र ३ गते, २०८२ - ११:२७
उदयपुर। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...
चैत्र ३ गते, २०८२ - ११:१८
बागलुङ। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएक...
चैत्र ३ गते, २०८२ - ११:१०
काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३ लाख ९ हजार ९ सय कायम...
चैत्र ३ गते, २०८२ - १०:५४
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएको छन् । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नया...
चैत्र ३ गते, २०८२ - १०:४३
काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज अपराह्नपछि हावाहुरी चल्न...
चैत्र ३ गते, २०८२ - १०:३०
बागलुङ। कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहन...
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...


प्रतिकृया लेख्नुहोस्: