Ntc summer Offer
Khabar Dabali १४ पुष २०८१ आईतवार | 29th December, 2024 Sun
Investment bank

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा

फइल तस्विर
खबरडबली संवाददाता

सर्लाही । उखुको याम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन्। जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम सुरु गरिसकेको हो।

लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको सर्लाहीको धन्कौल चिनी उद्योग अहिले उखु तान्ने काममा व्यस्त देखिन्छ। विसं २०७४ अघिको उखुको भुक्तानी किसानलाई नदिएपछि उद्योग सञ्चालन गर्न रोक लगाइएको थियो। विसं २०७९ मा नयाँ उद्योगीको पहलपछि केही किसानले पुरानो भुक्तानी पाएपछि उद्योग सञ्चालन भएको हो। विसं २०७८ देखि ‘क्रसिङ’ याममा उद्योगले पुनःक्रसिङ गर्न सुरु गरेको थियो।

क्रसिङ यामको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो। यसवर्ष भने मङ्सिरको पहिलो सातादेखि क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरिरहेको छ।

लामो समय पूरा क्षमतामा सञ्चालन हुन नसकेको अन्नपूर्ण प्राविधिक समस्याका कारण पटकपटक बन्द हुँदै सञ्चालन भइरहेको छ। मङ्सिर ६ गते रातिदेखि क्रसिङ सुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले जानकारी दिए। तीन वटा चिनी उद्योग रहेको जिल्लामा अन्यले सञ्चालनको तयारी गर्दैगर्दा अन्नपूर्णले क्रसिङ सुरु गरेको हो।

यो याममा किसानसँग प्रभावकारी रूपमा समन्वय गरेर क्रसिङ सुरु गरेको उद्योगका प्रबन्धक गुप्ताले बताए। “किसानको पुरानो बक्यौता भुक्तान भइसकेको छ”, उनले भने, “पहिलाको उद्योगी राकेश अग्रवालको दायित्वमा रहेको रकमसमेत हामीले किसानलाई उपलब्ध गराएका छौँ। अग्रवाल जीले बाँकी छैन् भने पनि किसानले पुरानो पूर्जी लिएर आउनु भएको छ। त्यसको भुक्तानी एकमुष्ठ गर्न सम्भव नभएकाले थोरैथोरै गर्दै जानेछौँ। उद्योग सञ्चालनमा सहकार्य गरिदिन किसानसँग आग्रह गरेकाले किसानहरू उत्साहित हुनुहुन्छ।”

उद्योगलाई पूर्ण रूपमा विश्वास गरेर उखु दिन नसकिएको स्थानीय उखु किसान बताउँछन्। धन्कौँल गाउँपालिका–३ का विन्देश्वर महतोले थोरै मात्रामा उखु दिएको बताए। “मैले उखु रोप्नै छोडिसकेको छु, कम खेती लगाएकाले गाउँको उद्योगलाई दिँदा सहज हुन्छ। अन्नतपूर्णले बढीमा १५ दिनमा भुक्तानी दिने प्रतिबद्धता जनाएको छ। उद्योगमा प्रत्यक्ष जोडिएका स्थानीयले पहिलो चरणमा उखु दिएका हुन्”, उनले भने।

यसअघि उत्पादित उखु इन्दुशङ्कर चिनी उद्योग ९हरिवन०, गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग ९बगदह०मा दिने गरेको महतोले बताए। जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाइ गरिरहँदा अन्नपूर्णले भने, किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो।

यसवर्ष उद्योगले कम्तीमा १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको प्रबन्धक दिनेश अग्रहरिले जानकारी दिए। उद्योग सञ्चालनमा आएको भए पनि पूर्ण रूपमा विश्वस्त भएर किसानले उखु नदिँदा उद्योग पटकपटक ‘नो क्यान’को अवस्थामा पुग्ने गरेको छ। उद्योगी तथा व्यवस्थापन पक्षले खेतखेतमा पुगेर किसानलाई उखु दिन आग्रह गरिरहेका किसान वृजेन्द्र रायले बताए। अन्नपूर्ण चिनी उद्योग धन्कौलले गत याममा ६८ हजार तीन सय १० क्विन्टल उखु क्रसिङ गरेर उद्योग बन्द गरेको थियो।

महालक्ष्मी चिनी उद्योगले यो यामका लागि क्रसिङ सुरु गरेको जनाएको छ। तीन दिनदेखि उखु सङ्कलन गरेर आजदेखि उद्योग सञ्चालन गरिएको उद्योगका प्रबन्धक पवनकुमार सिंहले जानकारी दिए। उद्योगले गत यामको केही भुक्तानी बाँकी राखेको भन्दै उक्त भुक्तानी एकरदुई सातामा गरिने उनको भनाइ छ।

यस वर्ष १८ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको प्रबन्धक सिंहले बताए। उद्योगले गत याममा १२ लाख ३७ हजार तीन सय क्विन्टल उखु क्रसिङ गर्न पाएको थियो।

इन्दुशङ्करको तयारी पूरा

जिल्लामा रहेका तीन उद्योगमध्ये अन्नपूर्ण र महालक्ष्मीले यो यामका लागि क्रसिङ सुरु गरे पनि इन्दुशङ्कर चिनी उद्योगले अन्तिम तयारी पूरा गरेको जनाएको छ। देशमा व्यवस्थित मानिने जिल्लाको हरिवनस्थित इन्दुशङ्र उद्योगले यो यामका लागि क्रसिङको तयारी पूरा भएको जनाएको हो।

उद्योगले मङ्सिरको अन्तिम सातादेखि क्रसिङ सुरु गर्ने तयारी गरेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताए। मङ्सिर १७ गते साइत ९डोगा० पूजा गरी क्रसिङको काम थालिने उनको भनाइ छ।

“हामी क्रसिङ गर्न तयारी अवस्थमा छौँ”, ठाकुरले भने, “किसानलाई उखु ल्याउन दिने चलान, आन्तरिक व्यवस्थापन मिलाएर अन्तिम सातादेखि उद्योग सञ्चालन गर्नेछौँ।” इन्दुशङ्कर चिनी उद्योग हरिवनले यो याममा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ। गत याममा २१ लाख ४८ हजार छ सय ११ क्विन्टल उखु क्रसिङ गरेर मिल बन्द भएको थियो।

गत याममा जिल्लाका अधिकांश उद्योगले उखु नपाएपछि पूरा समय सञ्चालन हुन सकेका थिएनन्। उखुको अनुदानबापतको रकम भुक्तानीमा ढिलाइ हुँदा जिल्लामा उत्पादित उखु अन्य जिल्ला पठाइएको किसानको भनाइ छ।

समर्थन मूल्य अन्योलमा

मङ्सिर आधा सकिनै लाग्दासमेत सरकारले यो यामका लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन्। उखु काटेर बेच्न लैजान समय घर्किंदै जाँदा सरकारले समर्थन मूल्य तय नगरेको भन्दै तत्काल समर्थन मूल्य तय किसानले माग गरेका छन्।

“समय घर्किएपछि उखुको समर्थन मूल्य तोकेर समस्या समाधान हुदैन”, उखु किसान रवि पाण्डेले भने, “सरकारले किसानको लगानी बुझेर समर्थन मूल्य यथाशीघ्र तोकी किसानलाई उखु बिक्रीको सहज वातावरण बनाउनुपर्छ।” राज्यले उखुको समर्थन मूल्य समयमा नतोक्दा शून्य मूल्यमा उखु बेच्नु परेको किसानले गुनासो गरेका छन्। अर्को याममा काट्ने उखुको समर्थन मूल्य यस वर्ष नै तय हुनुपर्नेमा उनले जोड दिए।

प्हिलानै समर्थन मूल्य तय गर्ने व्यवस्था भए किसानलाई फाइदा हुने बताउँदै यसो भएमा उखु लगाउने वा नलगाउने किसानले पहिला नै निर्णय लिन सक्ने पाण्डेको भनाइ छ।

अहिलेको व्यवस्थाअनुसार किसानलाई अन्योलमा राखेर सरकारले अन्याय गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए। सरकारले यथाशीघ्र उखुको समर्थन मूल्य तोकी किसानलाई सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए।

यसैबीच, उखु उद्योगले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरिद गर्ने तयारी गरेका छ। पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई गत यामको रु पाँच सय ६५ दिएर उखु खरिदको व्यवस्था मिलाइएको महालक्ष्मी चिनी उद्योग बगदहले जनाएको छ। किसान भने पछि सरकारले थपेको बाँकी रकम नपाउने चिन्तामा छन्।

यसअघि पनि यसरी उखु खरिद गरेको रकम नपाएको गोडैता–३ का उखु किसान मुनिम ठाकुरले गुनासो गरे। यही अवस्था रहिरहे उखु खेती गर्ने वातावरण नभएको भन्दै सरकारले किसानलाई खेती गर्ने सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। रौतहट, बारा, महोत्तरी, सिराहासम्मका उद्योगले यहाँ उत्पादित उखु लैजान सुरु गरिसकेका छन्। रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डाक्टर ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च

काठमाडौं । मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियन्ता डा.ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन्। उनले सामाज...

दक्षिण कोरियामा १४ दिनमा ३ राष्ट्रपति

काठमाडौं । दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक–सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव ...

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भ...

गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु ,सहचालक घाइते

गुल्मी । गुल्मीमा गए राती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका–२ पाहादी स्थित कालिगण्डकी करिडोरमा लु १ क ५४०० नम्बरको टिपर  द...

प्रहरी जवानले आफ्नै टाउकोमा किन चलाए गोली ?

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्त...

हुम्लामा तेस्रो पटक हिमपात, हवाई सेवा अवरुद्ध

हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्...

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९...

सिँचाइको लागि खनिएका डिप बोरिङ अलपत्र

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएका चारवटा डिप बोरिङ अलपत्र परका छन् । घिरिङ गाउँपालिका–४ को करूवाटारलगायत कृषियोग्य भूमि स...

जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा ब...

साँझ सम्मै चिसोको मात्रा रहने, पानी पर्न सक्ने

काठमाडौं  । पश्चिमी न्यून चापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ ।  जल तथा मा...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy