Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रासायनिक मलको विकल्प अर्गानिक मल

खबरडबली संवाददाता

भैरहवा । रासायनिक मलको विकल्पको रुपमा बिरुवा तथा बालीलाई चाहिने आवश्यक तत्व सहितको अर्गानिक दानेदार मलको रुपन्देहीमा उत्पादन सुरु भएको छ ।

किसानले सधै सास्ती भोगिरहेको रासायनिक मलको साटो प्रयोग गर्न मिल्ने सस्तो र अर्गानिक मलको रुपमा यो मल प्रयोग गर्न मिल्ने कम्पनिको दाबी छ ।

दैनिक २०० मेट्रिक टन उत्पादन क्षमता रहेको ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिले हाल १५ सय बोरा दैनिक रत्नम ब्राण्डको मल उत्पादन गरिरहेको छ

उद्योगका संचालक सिद्धार्थ अग्रवालले रत्नम दानेदार अग्रानिक मल एक वर्ष परिक्षण पछि उत्पादनलाई बजारमा ल्याएको बताए ।

कोभिडको समयमा कम्पनिको सुरुवात गरि व्यक्तिगत ३० करोडको लागतमा उद्योग संचालनमा ल्याएका छौ । जथाभावी रासायनिक मल र कीटनाशकको प्रयोगलाई कम गर्न जैविक अर्गानिक मल ल्याएको दाबी गरेको छ । यहाँको माटो अधिकांस कार्बनले गर्दा जर्रो भएको छ, यो मलले माटोलाई सुधार्ने काम गर्छ र माटोको उर्वराशक्ति बढाउनका लागि अर्गानिक मल तयार गरेका उनले भने । नाइट्रोजन, फस्फोरस र पोटाशियम लगायतका मुख्य तत्वहरु मलमा रहेको उनले बताए ।

माटोको वैज्ञानिक ढङ्गबाट विश्लेषण गरी महत्वपूर्ण प्राकृतिक प्राङ्गारिक पदार्थ मिश्रण गरेर मल तयार गरिएको कम्पनीको दाबी छ । पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरि उत्पादन भइरहेको छ । ‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयामा रहेको छ, ’उनले भने ।

रासायनिक मलले बिगारेको माटो र ह्रास गरेको उत्पादन शक्ति जैविक मलले विस्तार सन्तुलनमा ल्याउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आधुनिक प्रविधिवाट नेपालको माटो र हावापानीलाई सुहाउँदो मल उत्पादन गरि सर्वशुलभ मुल्यमा बजारमा ल्याइएको हो ।

सरकारबाट बिक्रि बितरण अनुमति पाए पछि आफ्नै पालिकाबाट उद्योगले मल बितरण गरेको अग्रवालले बताए । ‘राम्रो रिजल्ट आयो त्यसपछि हामी ब्याबसायीक रुपमा अंगाडि बढ्यौ,’ उनले भने । मल प्रयोग गरेको जग्गामा प्रति कठ्ठा २ सय किलोसम्म धान उत्पादन भएको उनले बताए । यसबाट उत्पादित खाद्यवस्तुको पौष्टिक तत्व वृद्धि हुने र लामो समयसम्म भण्डारण गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

माटोको उर्वरा शक्ति तथा खाद्यतत्वमा आएको कमीलाई यो मलले पूर्ति गर्दै माटोको बनोट तथा भौतिक गुणमा अभिवृद्धि गर्दछ । यो मल फलफूल, तरकारी, खाद्यान्न बाली, चिया, उखु, आदिका लागि उपयोगी हुने कम्पनी जानकारी दिएको छ ।

देशमा मलको हांहाकार भएको बेलामा स्थानीय उद्योगले टेवा दिने गरि कृषि ज्ञान केन्द्रलाई सहयोग गरेको उनले बताए । उत्पादनको छोटोसमयमा नै बजारमा माग बढी आएको उनि बताउछन । ‘हामीले अर्गानिक तरिकाले बनाएका कारण धेरै माग भइरहेको छ,` अग्रवालले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: