Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौं: अर्थमन्त्री पौडेल

खबरडबली संवाददाता

भैरहवा।अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देही सम्भावनै सम्भावना भएको जिल्ला भएकोले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चल्छ र चलाएर देखाउने बताएका छन ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२ औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रम भैरहवामा बोल्दै अर्थमन्त्री पौडेलले ‘रुपन्देही देशको मध्य भागमा छ, विकासका असिमित सम्भावना यसले बोकेको छ । मानवीय र भौतिक विकासको दृष्टिकोणले देशको उत्कृष्ट र नमुना जिल्ला हुनुपर्छ’ भनेका छन् ।

'रुपन्देही सभ्यता र संस्कृतिको दृष्टिकोणले पनि नमुना छ । गौतमबुद्धको जन्मस्थल भएको ठाउ, जसले संसार भरि शान्ति र मानवताको सन्देश फैलाएकाको सन्तान हौ । जुन जात धर्म संसकृतिको भएपनि हामी बुद्धका सन्तान हौ । जस्को नाताले उन्नत मानवीय संस्कृति देश र संसारभरि फैलाउनु छ,' उनले भने, ‘नकारात्मक सोचबाट माथीि उठेर सदभाव, सदियदता, आत्मयिता, बन्धुत्व त्यसको पक्ष भई निन्दा, भत्र्सना, विरोध, असन्तुष्टि, गुनासा जस्ता धन्दामा लागेर समय बर्बाद गर्दैनौ भनेर रुपन्देहीले संकल्प गर्नुपर्छ’' हामीले सृजना, सदभाव र एकताको बाटो हिड्छौ भन्ने सन्देश दिनुपर्नेछ ।'

‘५२ सालमा रुपन्देहीका अन्तराष्टिय विमानस्थल बनाउने कुरा गर्दा पागलहरुको कुरा नहुने कुरा भनेका थिए तर हामी लागेर यहाँके साथले अहिले निर्माण भई संचालनमा छ । अहिले पनि चल्दैन भनेर केहीले भनिरहेका छन, तर चलिरहेको छ,’ उनले भने  ‘म भन्छु चल्छ, जसरी बन्दैन भन्नेलाई आशंका र आलोचनालाई वास्ता नगरी बनाएको विमानस्थल बन्यो । त्यसरी चल्दैन भन्नेलाई पनि वास्ता नगरी यो विमानस्थल, राम्रो होइन धेरै राम्रो सँग चल्छ  हामी चलाएर देखाउछौ’ म दाबीका साथ भन्छु चल्छ र र चल्न सुरु भएको छ ।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...

सर्वोच्चमा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता अन्योलमा, प्रशासनिक अवरोधको आरोप

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...

औषधी पसलमै ठूलो मात्रामा लागुऔषध फेला

ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...

अनुसन्धान र उद्योगमैत्री नीतिमा जोड दिँन महावीर पुनको सुझाव

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसू...

देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल कांग्रेसनै हो : गगन थापा

काभ्रे ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल भएको बताएका छन्। सोमबारदेखि काभ्रेमा...

मालपोत कार्यालयका सुब्बाविरुद्ध दुई लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौँ। मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएक...

क्यानडामा हान्ताभाइरस पुष्टि, तीनजनाको मृत्यु

ओटावा। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी ९पीएचएसी० ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending