काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।
काठमाडौंमा एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भयो । बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । बैंकले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो । बैंकले खेलकुदलाई अझ उचाइमा पुर्याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरी मुख्य प्रायोजन गरेको हो र यो सहकार्यका लागि उत्साहित छौं, उक्त कार्यक्रममा पोखरेलले भने ।
शाहले रोयल्सको एनपिएल यात्रामा सहकार्य गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंक जोडिनुभएकोमा बैंकलाई धन्यवाद व्यक्त गरे । ‘हाम्रो उपाधि जित्ने लक्ष्यमा ग्लोबल आइएमई बैंकको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौं, शाहले भने’ ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुनहुन्छ । सुदूरपश्चिमले मंसिर १८ गते पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
सुदूरपश्चिमको टिममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनाष बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: