विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश समितिले प्रदेश सम्मेलन आयोजना गरेकोमा डा।शेखर कोइराला पक्षले त्यसअघि पालिका सभापतिहरूको भेला आयोजना गरेपछि काँग्रेसभित्र विवाद देखिएको छ ।
काँग्रेस प्रदेश समितिका सभापति संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौला निकट उद्धव थापा छन् । थापा नेतृत्वको प्रदेश समितिले मंसिर २२ गते पहिलो सम्मेलन गर्ने तय गरेकोमा मंसिर १८ र १९ गते प्रदेश राजधानी विराटनगरमा सभापतिहरुको भेला कोइराला पक्षले राखेको छ ।
प्रदेश समितिले पार्टीको पहिलो सम्मेलन मिति तय गरेपछि कोइराला समूहले त्यसअघि नै पालिका सभापतिहरूको भेला गर्न लागेको हो । सभापति भेलाको आयोजक भने मोरङका १७ वटै स्थानीय पालकिा कमिटि रहेको बताइएको छ ।
प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा प्रमुख अतिथि र अन्य पदाधिकारीहरूको पनि सहभागिता रहनेछ भने सभापतिहरुको भेलामा डा।कोइराला प्रमुख अतिथि हुनेछन् । प्रदेश सभापति उद्धब थापाले आफूहरु प्रदेश सम्मेलनको तयारीमा रहेको जानकारी दिँदै अर्को भेलाबारे केही जानकारी नभएको बताए । त्यस्तो आयोजना हुन लागेको हो भने त्यो अबैधानिक हुने उनले बताए ।
प्रदेश सम्मेलनमा प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य, महाविधेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । बन्दसत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले कांग्रेस कोशीको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्ने तयारी छ ।
कोइराला पक्षले आयोजना गर्न लागेको पालिका सभापतिहरूको भेलाको संयोजन गरिरहेका कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले पार्टीकै विधानमाथि छलफल गर्न भेला आयोजना गर्न लागेको बताएका छन् । कसैको दबाबले भेला नरोकिने उल्लेख गर्दै उनले पार्टीका पालिकास्थित समितिहरूले कार्यक्रम गर्दा जिल्लालाई जानकारी दिनुपर्ने प्राबधान रहेकोमा मोरङ जिल्ला कमिटिलाई जानकारी दिएको उनले बताए । मोरङ सभापति कोइराला पक्षकै डिगबहादुर लिम्बू छन् ।
मोरङका सबै पालिका कमिटिको आयोजनामा कोइराला भेला गर्न लागेको कोइराला पक्षले जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा कोइराला समूहका पालिका सभापतिहरु मात्रै सहभागी थिए । कार्यक्रमको संयोजन चापागाईंले नै गरिरहेका छन् ।
पत्रकार सम्मेलनमा विराटनगरका सभापति चापागाईँ बेलबारीका सभापति छत्र लिम्बु, सुन्दरहरैचाका सभापति भक्तिप्रसाद सिटौला, कटहरिका सभापति रामकुमार कामतलगायतका नेता सहभागी थिए । उनीहरू सबै जना कोइराला समूहका हुन् ।
आयोजक समितिका संयोजक चापागाईँले भने आफूहरुले कुनै समूहको नभएर काँग्रेसका १३७ पालिकाका सभापतिको भेला गर्न लागेको बताए । ‘यो गुटको भेला होइन,’ उनले भने ‘शेखर कोइराला आउने भनेपछि त्यसरी हल्ला गरिएको हो । काँग्रेसलाई सुदृढ बनाउने योजना मात्रै हो ।’ काँग्रेस लबारीका सभापति छत्र लिम्बूले भने प्रदेश सम्मेलनमा बाइपास गर्न खोजिएको भन्दै आपत्ती जनाए ।
काँग्रेसभित्रको आन्तरिक किचलोको कारण कोशी प्रदेश सरकारमा समेत कोइराला समूह सहभागी भएको छैन । आफ्नो प्रदेशमा संस्थापन पक्षमाथि दबाब बढाउने रणनीति अनुसार पालिका सभापतिको भेला गर्न लागिएको नेताहरूले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...
आषाढ़ ८ गते, २०८३ - ०९:३१
मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...
आषाढ़ ८ गते, २०८३ - ०९:२८
काठमार्डौं । गाजर एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...
आषाढ़ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...
आषाढ़ ८ गते, २०८३ - ०९:२१
वालिङ । बिहानको घाम अझै राम्ररी फैलिएको थिएन। स्याङ्जाको वालिङ नगरपालिका–५ का एक किसान आफ्नो बारीतिर लागे। केही महिनाअघि ठूलो आशाका साथ रोपिएको मकै पा...
आषाढ़ ८ गते, २०८३ - ०९:१४
धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । घटनापछि उनीविरुद्ध अभद्र व्यवह...
आषाढ़ ७ गते, २०८३ - २२:०८
काठमाडौँ । विद्युतीय राहदानी छपाइमा भएको भनिएको अनियमितताको अनुसन्धान तीव्र बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाज...



प्रतिकृया लेख्नुहोस्: