रौतहट।आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बाघको आक्रमण बाट गम्भीर घाईते भएका रौतहटको उत्तरिभेग गुजरा नगरपालिका १ का वडा अध्यक्षलाई भेटेका छन्।
बाघको आक्रमणमा परी गम्भीर घाईते वडा अध्यक्ष रामजीत चौधरी उपचाररत् रहेको बिरगंज स्थित बयोधा अस्पतालमा गएर अध्यक्ष साहले आईतवार भेटेका हुन।
भेटको क्रममा अध्यक्ष प्रभु साहले घाईते वडा अध्यक्ष चौधरीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए।
शनिबार बिहान बाघको आक्रमणमा परी घाईते भएका वडा अध्यक्ष रामजीत चौधरीको बिरगंज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थामा रहेका उनलाई लाई आइसियुमा राखेर उपचार भईरहेको वडा अध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीले बताएकी छिन्।
शनिवार बिहान अस्पतालमा भर्ना भएदेखि नै अचेत रहेका वडा अध्यक्ष चौधरी आज होसमा आएका हुन्। उनको अनुहार, दुइटै हातमा गहिरो खत लागेको छ। गुजरा १ रंगपुर गाउँछेउ को लमहा खोलाबाट बौराई चौधरी शनिवार खेतमा पानी पटाआइरहेका थिए।
सोही क्रममा वडा अध्यक्ष चौधरी अनुगमनमा गएको समय अचानक आएको बाघ एक्कासी बौराई चौधरी माथि आक्रमण गरेका थिए। मितको साईनो पर्ने बौराई चौधरीलाई बचाउन खोज्दा वडा अध्यक्ष रामजीत चौधरी माथी बाघले आक्रमण गरेको उनकी छोरी मधुले जानकारी दिएकी छिन्।
ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले अर्का घाईते बौराई चौधरीको रक्सौल स्थित डंकन अस्पतालमा उपचार भइरहेको तथा घटना बारे अनुसन्धान भईरहेको बताएका छन्।
थप उपचारका लागि काठमाडौं लगिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: