काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सोधपुछ तथा बयान आजका लागि सकिएको छ ।
शुक्रवार देखी काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाइ बाँकी बयानका लागि आज बिहानै सरकारी वकिलको कार्यालय लगिएको थियो, बयान अझै नसकिएकाले भोली पनि जारी रहने भएको छ ।
बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याईएका लामिछानेको बयान नसकिएकाले कम्तीमा सोमवार सम्म काठमाडौंमा नै रहने भएका छन । बयान सकिए पछि सम्भवत: भोली पोखरा फर्काइने छ ।
शुक्रबार बिहान देखि सुरू भएको बयान सो दिनको अपरान्ह ३स्३० बजे सकिएको थियो । उनले त्यो दिन करिब साढे ६ घण्टा लामो बयान दिएका थिए । आज पनि उनले झन्डै ५ घन्टा लामो बयान दिएका छन ।
सहकारी ठगीको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका उनलाइ ठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा लामिछानेलाई बयान लिन काठमाडौं ल्याइएको हो।
स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्। त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ।
यसअघि उनका पार्टनर पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो। स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवास् र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्।
अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि(छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।
मुख्यतया: अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...
पौष ७ गते, २०८२ - १४:१७
काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...
पौष ७ गते, २०८२ - १३:२७
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...
पौष ७ गते, २०८२ - १३:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...
पौष ७ गते, २०८२ - १३:०१
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...
पौष ७ गते, २०८२ - १२:५३
गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...
पौष ७ गते, २०८२ - ११:४१
विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...




प्रतिकृया लेख्नुहोस्: