कपिलबस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा अध्यक्ष पदको मतगणना आइतबार राति ८ बजेबाट सुरु हुने भएको छ । जिल्ला निर्वाचन अधिकारी अमरबहादुर वलीले तीन वटा मतदानस्थलमा ६ वटा मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।
उनले उपनिर्वाचनको मतगणनाका लागि सबै तयारी पूरा भएको जानकारी दिए। मतगण आजै राति ८ बजेबाट सुरु हुनेछ ।
मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ । जहाँ तारजाली र ५ वटा सिसि टिभी क्यामेरा पनि राखिएको छ । मतगणना स्थलमा १४ जना कर्मचारी र उम्मेदवार वा उनका प्रतिनिधिहरूलाई मात्र प्रवेश दिने व्यवस्था गरिएको छ ।
अधिकारीका अनुसार मतगणनाको प्रक्रिया निरन्तर जारी रहनेछ । राति १२ देखि १ बजेसम्म नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको उनले जानकारी दिए।
आइतबार साँझ ५ बजेसम्म ३ मतदान केन्द्रका ६ वटा मत पेटिका मतगणना स्थलमा जम्मा हुने छन् र उम्मेदवारहरूसँग छलफलपछि मतगणना सुरु गरिने छ ।
यद्यपी, मतदान केन्द्रहरुमा दिउँसो ४ बजेसम्म तीन हजार चार सय ४६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शुद्धोधन गाउँपालिका १ मा निर्वाचनका लागि दुई हजार ११२ महिला र दुई हजार सात सय ५६ पुरुष गरी चार हजार आठ सय ६८ मतदाता छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रिक्त रहेको सो पदका लागि उपनिर्वाचन हुँदैछ ।
उक्त पदका लागि चार स्वतन्त्रसहित १४ जना प्रतिस्पर्धामा छन् । निर्वाचनलाई भयरहित ढङ्गबाट सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: