Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमको सानदार सुरुआत

खबरडबली संवाददाता

काठमाडौँ। कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग(एनपीएल) मा सानदार सुरुवात गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा सुदूरपश्चिमले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सलाई ९० रनले हरायो । 

सुदूरपश्चिमको यो पहिलो जित हो । विराटनगरले लगातार दोस्रो हार खेपेको छ । यसअघि पहिलो खेलमा विराटनगर जनकपुर बोट्ल्ससँग आठ विकेटले पराजित भएको थियो । 

जितका लागि एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १६।१ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्र बनाउन सक्यो । 

विराटनगरको सुरुवाती ब्याटिङ लाइन कमजोर बन्यो । ओपनर मार्टिन गुप्टिल शून्य र लोशक बम दुई रनमा आउट भए । त्यसपछि निकोलस किर्तनलाई पाँच रनमा गुमाएको विराटनगरका लागि बसिर अहमदले २४ र राजेश पुलामीले १५ रन जोड्दै उकास्ने प्रयास गरे।

त्यसपछि अनिल खरेलले अविजित १० रन बनाए ।

बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिन र अविनाश बोहराले तीन तीन विकेट लिए । ब्रान्डन म्याकमुलेन, इशान पाण्डे र सैफ जेफले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८२ रन बनाएको थियो । 

यो योगफ जारी लिगको  सबैभन्दा ठूलो योगफल हो । यसअघि, सोमबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध एक सय ४१ रनको योगफल खडा गरेको थियो । 

सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा अविजित ५७ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलेनले ३६, विनोद भण्डारीले २३, इशान पाण्डेले २१ र सेफ जैफले १४ रन बनाए ।

बलिङमा विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए । यस्तै क्रिस सोले, इस्मत अलाम र बसिर अहमदले समान एक विकेट लिए । पुरै चार ओभर बलिङ गर्नुभएका कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन  । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending