Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

नेपालले चीनसँग माग्यो ओलीको गृहजिल्लालाई रंगशाला, देउवाकोलाई सिटी हल

टोखा छहरे सुरुङमार्ग निर्माणदेखि भैसीको मासु चीन निर्यात गर्ने सहमति

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनको जोड नयाँ सहमतिभन्दा पनि पहिला भएका सहमति कार्यान्यनमा देखिएको छ ।

नेपालले जारी गरेको विज्ञप्तिमा चीनले ५०० मिलियन युआन सहयोगको घोषणा गरेको उल्लेख छ । तर, संयुक्त बक्तब्यमा त्यो विषय उल्लेख छैन । चीनले दुई देशको बीचमा रणनीतिक साझेदारी गहन बनाउने इच्छा व्यक्त गरेको छ ।

टोखा छहरे सुरुङ मार्गको सम्भावयता अध्ययन थाल्न दुवै मुलुक सहमत भए । केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न तदारुकता देखाउने दुई देश सहमत देखिएका छन् । यसका साथै रेलसम्बन्धी वार्ता र सहयोग आदान प्रदान निरन्तर रूपमा हुने पनि उल्लेख गरिएको छ ।

नेपालमा धेरै चासोका साथ हेरिएको पोखरा विमानस्थलको विषय भने कही कतै देखिएन । २२० केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई अगाडि बढाउने विषय भने उल्लेख गरिएको छ । 

नेपाली पक्षले मदन भण्डारी विश्वविद्यालय, दमकमा स्टेडियम र डडेलधुरामा सिटी कम्प्लेक्स लगायतका काम अगाडि बढाइनदिन चीनलाई आग्रह गरेको छ । झापा प्रधानमन्त्रीको गृहजिल्ला हो भने डडेलधुरामा सत्तासाझेदार प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। 

दुई देशबीच नेपाल-चीन औधोगिक पार्कको काम अगाडि बढाउने सहमति भएको छ ।

त्यस्तै, पोखरा र लुम्बिनीलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्ने, चीनले नेपाल भ्रमण वर्षमा वभिन्न सहयोग गर्ने विषय पनि समेटिएको छ । नेपालले चीनको जीडीआईलाई समर्थन गर्ने उल्लेख गरिए पनि जीएसआईको बारेमा केही बोलिएन ।

भ्रमणका क्रममा नेपाल र चीनबीच नौ वटा सहमति भएका छन् । आर्थिक र प्राविधिक सहयोगसम्बन्धी, टोखा छहरे सुरुङमार्ग निर्माण, भैसीको मासु चीन निर्यात गर्ने, विकास योजना २०२४-२९ सम्बन्धी सहयोगमा दुई देश सहमत भए । 

त्यस्तै केही नगद रकम दिने, चिनियाँ भाषा शिक्षक सम्बन्धी, नेपाल टेलिभिजन र चीन मिडिया ग्रुपबीच सहमति भएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको समानुपातिकमा उपाध्यक्ष बादल र केन्द्रीय सदस्यमा हारेका गुरु बराल पहिलो नम्बरमा (११० जनाको सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ।  ...

सुर्खेतमा गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...

आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस

काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...

के कांग्रेस-एमाले चुनावी गठबन्धन हुँदै छ ?

काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...

आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुस्

काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना, सफलताको उडानः पहिलो प्रयासमै नाम

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...

रानीकोटदेखि नगरकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending