काठमाडौ। नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुगु भीई प्रशिद्ध गुरा देउताको मन्दिर शिलान्यास गरेको छन् । जिल्ला भ्रमणको सिलसिलामा बुधबार दुर्गम बस्ती भीई गाउँ पुगेर मन्त्रीले प्रशिद्ध गुरा देउताको मन्दिर शिलान्यास गरेको हो ।
प्राचिन धार्मिक पौराणीक ऐतिहासिक महत्व रहेको गुरा देउता मन्दिर अब आधुनिक कलात्मक शैलीमा निर्माण कार्य अघि बढाउन मन्त्रीले धामी डन्ग्री र स्थानीयलाई सुझाव दिएका छन् । करिव १३ औं शताब्दी अघिको उक्त मन्दिर जीर्ण हुँदै गएपछि वनमन्त्रीको पहलमा यो चालु आर्थिक बर्षमा संघीय सरकार वाट १ करोडभन्दा बढी बजेट बिनियोजन गर्न लगाएपछि मन्दिर जिर्णोद्वारको काम अघि बढेको छ ।
धेरै समयपछि गुरा देउताको मन्दिर जिर्णेद्वार हुन थालेपछि भीई गाउँका धामी डान्ग्री र सर्वसाधारण स्थानीय खुशी भएका छन् । सीमित भीई गाउँका स्थानीय मात्र नभएर गुरा देउताप्रति आस्थावान स्थानीयको मनमा खुशी छाएको छ । धेरै बर्षपछि गुरा देउताको मन्दिर जिर्णोद्वार हुन लागेको सोरु गाउँपालिका ३ भीई गाउँका वडाअध्यक्ष सिहबहादुर धामीको भनाइ छ ।
१३ औ शताब्दी अघिको गुरा देउताको मन्दिर डिपीआर बमोजिम कलात्मक तरिकाले निर्माण गरिने बताइएको छ । हरेक बर्षको भदौंदेखि असोज महिनाभित्र पर्ने नवमी मेलामा बिभिन्न जिल्ला गाउबस्तीबाट भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
चिताएको वर प्राप्त हुन्छ भन्ने हेतुले टाढा–टाढाबाट भक्तजनहरु नवमी मेलामा बोका भृटीघण्ट अक्षेता बोकेर दर्शन गर्न आउने गरेका छन् । मन्दिर शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मञ्जनबहादुर कार्की, सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीको सहभागी थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: