पेरिस। फ्रान्समा ३ महिनाअघि बनेको प्रधानमन्त्री मिसेल बार्नियरको सरकार बुधबार पतन भएको छ ।
फ्रान्सको संसदमा प्रधानमन्त्री बार्नियरको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अब उनले आफ्नो सम्पूर्ण मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति म्याक्रोनलाई बुझाउनु पर्नेछ।
फ्रान्सको ६२ वर्षको इतिहासमा संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले सत्ता गुमाएको यो पहिलो पटक हो ।
संसदमा वामपन्थी गठबन्धनले पेश गरेको अविश्वासको प्रस्तावको पक्षमा ३३१ मत परेको थियो भने जबकी प्रस्ताव पारित गर्न २८८ मत मात्र आवाश्यक थियो ।
अब तीन महिनाअघि मात्रै नियुक्त भएका कन्जरभेटिभ नेता बार्नियरले बिहीबार राजीनामा दिन सक्नेछन् । उनलाई फ्रान्सको इतिहासमा सबैभन्दा छोटो अवधिसम्म सरकार चलाउने प्रधानमन्त्री मानिने छ।
बार्नियरले अविश्वासको प्रस्ताव अघि आफ्नो अन्तिम भाषणमा भनेका थिए – ‘फ्रान्स र फ्रान्सेलीहरूको सेवा गर्न पाउनु मेरो लागि सम्मान हो।’
फ्रान्सको संविधान अनुसार, बर्नियरको राजीनामा पछि राष्ट्रपति म्याक्रोनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नु पर्नेछ, किनकि फ्रान्समा जुलाई २०२४ मा मात्र चुनाव भएको थियो। यस्तो अवस्थामा जुलाई २०२५ सम्म चुनाव हुन सक्दैन ।
संसदमा अहिले कुनै पनि दलको बहुमत छैन । जसका कारण फ्रान्समा राजनीतिक अस्थिरता अझै बढ्न सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १७:०४
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...
जेष्ठ ३१ गते, २०८३ - १६:५१
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...
जेष्ठ ३१ गते, २०८३ - १६:१०
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...
जेष्ठ ३१ गते, २०८३ - १५:५३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...
जेष्ठ ३१ गते, २०८३ - १५:३९
विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लग...
जेष्ठ ३१ गते, २०८३ - १५:२७
काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...
जेष्ठ ३१ गते, २०८३ - १५:१८
काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...
जेष्ठ ३१ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...
जेष्ठ ३१ गते, २०८३ - १४:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...
जेष्ठ ३१ गते, २०८३ - १४:२२
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका पूर्वसांसद तथा नेता डा। धवलशमशेर राणाले राप्रपाले उठ...



प्रतिकृया लेख्नुहोस्: