काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट गरिएको बताएको छन् ।
आइतबार काठमाडौँमा आयोजित 'राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३' लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले युवा पलायनको विद्यमान अवस्थालाई चिर्न सरकारले ठोस योजनासहित जग बसालेको र आगामी पाँच वर्षभित्र यसलाई निष्कर्षमा पुर्याइने स्पष्ट पारे।
'पछिल्लो डेढ-दुई दशकदेखि नेपाली युवा आफ्नो भविष्य खोज्दै विदेशिनु परिरहेको बाध्यता हाम्रासामु छ,' अर्थमन्त्री डा. वाग्लेले भने, 'अब त्यस्तो स्थिति सधैँ रहन नदिन आगामी वर्षको बजेटमार्फत नयाँ सुरुवात गरेका छौँ । बजेटको प्रभावकारी कार्यान्वयनले युवाहरूलाई स्वदेशमै अवसर दिने बाटो समात्नेछ ।'
देशभरबाट सहभागी युवा उद्यमीलाई सम्बोधन गर्दै उनले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका व्यवसायीलाई छुट, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ मार्गचित्र कोर्ने दाबी गरे। युवाहरूको उद्यमशील सोच र योजनालाई प्रोत्साहन गर्ने गरी बजेटमा धेरै कार्यक्रम समेटिएको उनको भनाइ थियो ।
करको दरहरूमा परिमार्जन गरी न्यून आय भएका तथा सुरुवातका चरणमा रहेका युवा उद्यमीलाई करको झन्झटबाट मुक्ति दिइएको चर्चा गर्दै अर्थमन्त्री डा। वाग्लेले करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ ढंगले व्यवसाय अघि बढाउन बजेटले सहुलियतपूर्ण घोषणा गरेको र त्यसको फाइदा लिन आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: